Logo
२०८३, कार्तिक ५ गते
images

ताजा अपडेट

Logo २०८३, कार्तिक ५ गते

लुम्बिनी साँस्कृतिक नगरपालिकामा करार कर्मचारीलाई हटाइएकोमा जनमत पार्टीद्धारा आपत्ति


  • लुम्बिनी चिन्तन
  • श्रावण ११, २०७९ बुधवार
  • 680
    SHARES

लुम्बिनी साँस्कृतिक नगरपालिकामा करार कर्मचारीलाई हटाइएकोमा जनमत पार्टीद्धारा आपत्ति

 

दिनेश प्रशाद लोध , लुम्बिनी साउन ११ /


रुपन्देहीको लुम्बिनी साँस्कृतिक नगरपालिकामा करार कर्मचारीलाई हटाइएकोमा आपत्ति जनाउदै जनमत पाटिले नगरप्रमुख लाई ध्यानाकर्षण गराएको छ ।
नगरपालिकामा साउन ५ गते ज्ञापन पत्र बुझाई केही कार्यन्वय र बेवास्ता गरेका भन्दै बुधवार नगर प्रमुख समक्ष पुन ध्यानाकर्षण गराउन पुगेको थियो । सो क्रममा प्रमुख प्रशासकीय अधिकृत आएपछि  छिटै समाधान गर्ने नगर प्रमुख सजरुद्दिन मुसलमानले बताउनु भयो । 
लुम्बिनी सांस्कृतिक नगरपालिकाले अनैतिक एवं निती नियम विपरित पुराना कर्मचारी हटाई नयां कर्मचारी भर्ना गरेको, फजुल प्रशासनिक खर्च बढाउने गरी कर्मचारीलाई अतिरिक्त खाजा खर्च वापत ५२ लाख बजेट छुट्याएको, फजूल प्रशासनिक खर्च बढाउने गरी सबै स्थायी र करार कर्मचारीलाई मात्र प्रतिशतका आधारमा प्रोत्साहन भत्ता दिने निर्णय हरु फिर्ता लिन साउन ५ गते पार्टीले बुझाएको ध्यानाकर्षण पत्र बारे नगरपालिकाले के कसरी प्रक्रिया अगाडी बढाएको बारे नगरप्रमुख संग बुझ्नका लागी जनमत पार्टीका नेता कार्यकर्ताहरु नगर प्रमुखको कार्यालय पुगेका थिए । 
नगरप्रमुख मेयर सजरुद्दिन मुसलमानको जवाफ सन्तोषजनक नआएपछि जनमत पार्टीका केन्द्रीय सदस्य रामकेश गुप्ता, केन्द्रीय नेताहरू बिनोद पासवान, चन्द्रशेखर सोनार तथा जिल्ला नेताहरु कृष्ण कोहार, अंगद गुप्ता लगायत पार्टीका निर्वाचित प्रतिनिधी र कार्यकर्ताहरु द्वारा नगरकार्यालयको गेट अगाडी बिरोध प्रदर्शन गरेका थिए । 
करारका ९ जना कर्मचारी हटाएर ११ जना नयाँ नियुक्ति गरेको भन्दै जनता पाटिले योग्यताको आधारमा कर्मचारी नियुक्ति गर्न आग्रह गरेको छ  । नगरपालिका अगाडि आफ्नो भनाइ राख्दै जनमत पाटिले नगरपालिकालाई राम्रो काम लाई समर्थन र नराम्रो काम लाई निरन्तर खबरदारी गर्ने बताएको छ । उनीहरुले योग्यता नभएका  कर्मचारीलाई  नियुक्ति गरेको भन्दै लुम्बिनी साँस्कृतिक नगरपालिका आवश्यक कर्मचारी मनपरि नियुक्त गर्न नहुने भन्दै यथाशीघ्र आफू हरुको माग नगर प्रमुखले सम्बोधन नगरेमा आन्दोलन गर्ने जनमत पाटीका  नगर प्रमुखका पुर्व उम्मेदवार चन्द्रकेश गुप्ताले चेतावनी दिएका छन् । यस्तै नगर प्रमुखले नगरपालिका बाट ९ जना कर्मचारी हटाउन को मुख्य कारण चित बुझदो काम नभएको ले मौखिक जवाफ मागेर हटाइएको मुसलमानले बताउनु भयो । जायज माग नगरपालिका सम्बोधन छिटै गर्ने बताउनु भयो । 


लुम्बिनी चिन्तन

थप समाचार