Logo
२०८३, कार्तिक ४ गते
images

ताजा अपडेट

Logo २०८३, कार्तिक ४ गते

लुम्बिनी साँस्कृतिक नगरपालिकामा करारका कर्मचारीलाई हटाउने तथा नयाँ भर्नाको विषयमा विवाद , मेयरले आफुखुसि गरेको आरोप ।


  • लुम्बिनी चिन्तन
  • श्रावण ४, २०७९ बुधवार
  • 2.0K
    SHARES

लुम्बिनी साँस्कृतिक नगरपालिकामा करारका कर्मचारीलाई हटाउने तथा नयाँ भर्नाको विषयमा विवाद , मेयरले आफुखुसि गरेको आरोप ।


लुम्बिनी साउन ४/
रुपन्देहीको लुम्बिनी साँस्कृतिक नगरपालिकामा करारका कर्मचारीलाई हटाउने तथा नयाँ भर्नाको विषयमा विवाद सिर्जना भएको छ । 
नगर प्रमुख र प्रमुख प्रशासकीय अधिकृतको मिलेमतोमा नियम विपरित कर्मचारीलाई हटाउने र नयाँ भर्ना गरिएपछि विवाद उत्पन्न भएको हो । नगर कार्यपालिकामा कुनै पनि निर्णय नगराई कृते गरि गोप्य रुपमा आफ्ना व्यक्तिहरुलाई भर्ना गर्न नगर प्रमुख सजरुद्दिन मुसलमानले फर्जि निर्णय तयार पारेको भेटिएको हो । 
कार्यालयमा कार्यरत ९ जना करारका कर्मचारीलाई बिना कुनै कारण हटाएर ११ जना नयाँ कर्मचारी भर्ना गर्न लागेपछि उपप्रमुख कल्पना हरिजनले बिरोध जनाउनु भएको छ । गत असार ३० गतेको नगर सभामा यस बारे कुनै प्रस्ताब नलगेका प्रमुख मुसलमानले बैठकको निर्णय पुस्तिका आफैले लुकाएर फजुल निर्णयको प्रतिलिपी थमाउँदै निमिक्त प्रमुख प्रशासकीय अधिकृतलाई निर्णय कार्यान्वयन गर्न लगाएपछि घटना बाहिर आएको हो । 
हाल निमिक्त प्रमुख प्रशासकीय अधिकृत रहेकी रचना गौतमलाई निर्णय कार्यान्वयन गराउन आदेश दिँदै नगर प्रमुख मुसलमान तथा विदामा रहेका प्रमुख प्रशासकीय अधिकृत भुपेन्द्र पाण्डेयले ९ जना कर्माचारीलाई हटाएर नयाँ थप गरिएका ११ जनालाई यही साउन १ गतेदेखि हाजिरी गराउन भनेका थिए । 
उक्त निर्णय वैधानिक नदेखिएपछि कार्यन्वयनको विषयमा आफूसँग जिज्ञासा आउँदा बल्ल रहस्य थाहा पाएको उपप्रमुख हरिजनले बताउनु भयो । साउन २ गते नगरप्रमुखसँग बैठक पुस्तिका माग्दा सँगै बसेर हेर्ने जबाफ दिएका उनले ३ गते मात्रै कार्यालयमा उपस्थित भएर आफ्नै झोलाबाट निर्णय पुस्तिका निकालेको उपप्रमुख हरिजनले बताउनु भयो ।
निर्णय पुस्तिका हेर्दा कुनै निर्णय नभएको तर, फजुल निर्णयको प्रतिलिपी तयार पारेको भेटेपछि सार्वजनिक रुपमै असन्तुष्टिलाई व्यक्त गरेको हरिजनले बताउनु भयो । यस विषयमा नगर प्रमुख मुसलमानले केही करार र ज्यालादारीमा  रहेका र काम नगर्ने क्रर्मचारीलाई हटाएको र दमकल चलाउने चालक र केही कर्मचारीलाई करारमा भर्ना गरिएको बताउनु भयो ।


लुम्बिनी चिन्तन

थप समाचार