भैरहवा साउन २/
रुपन्देहीको तिलोत्तमा नगरपालिकाको एक वडाध्यक्षलाई पौडी पोखरीमा धकेल्ने प्रहरी अधिकृतलाई कार्वाहीको माग गर्दै नेकपा एमालेले प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाएको छ।
तिलोत्तमा नगरपालिकाको नगरसभा स्थगन गरेको बिरोधमा उत्रेका नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधिलाई ईलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरिक्षक ठग बहादुर केसीले पौडी पोखरीमा धकेलेको भिडियो सार्वजनिक भै सकेको छ।
आइतबार नगरसभा स्थगित गरेको विरोधमा उत्रेका तिलोत्तमा नगरपालिका वडा नंं ४ का वडाध्यक्ष हरिबहादुर क्षेत्रीलाई डिएसपी केसीले अभद्र ब्यवहार गर्दै धकेलेर पौडी पोखरीमा चोवलेकोले उनी माथी कार्वाही हुनु पर्ने एमालेको माग छ।
उक्त घटनाको बिरोध गर्दै ज्ञापन पत्र बुझाउन गएको एमाले रुपन्देहीका अध्यक्ष तेजेन्द्र केसी सहितको टोलीले केसी र बिवादास्पद भुमिका खेल्ने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जीवन ज्ञवालीलाई कारवाही गर्न प्रमुख जिल्ला अधिकारीसमक्ष माग गरेको छ।
प्रमुख प्रशासकीय अधिकृत ज्ञवालीले नेपाली कांग्रेसबाट निर्वाचित नगर प्रमुख रामकृष्ण खांणसंग मिलेर गणपूरक संख्या पुग्न नदिन कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिको हस्ताक्षर गराउने र एमालेबाट निर्वाचित जनप्रतिनिधिलाई हस्ताक्षर गर्न नदिएको एमालेको आरोप छ।
नगरसभामा एमालेका ४८ जना जनप्रतिनिधि उपस्थित भएपनि ४२ जनाले हस्ताक्षर गरेपछि माइन्यूट लुकाइएको र कांग्रेसका जनप्रतिनिधि उपस्थित भएर पनि उपस्थिति नगराई मेयरको मात्र हस्ताक्षर गराई फर्जी हिसाबले गणपुरक नपुगेको देखाएर नगरसभा स्थगित गरिएको एमालेको आरोप छ।