Logo
२०८३, कार्तिक ४ गते
images

ताजा अपडेट

Logo २०८३, कार्तिक ४ गते

मूल्यवृद्धि,बढ्दो महंगी र पूर्व अर्थमन्त्रीलाई कानूनी कारवाहीको मागगर्दै अखिल नेपाल किसान महासंघ रुपन्देहीद्धारा भैरहवामा विरोध सभा


  • लुम्बिनी चिन्तन
  • आषाढ २५, २०७९ शनिवार
  • 656
    SHARES

मूल्यवृद्धि,बढ्दो महंगी र पूर्व अर्थमन्त्रीलाई कानूनी कारवाहीको मागगर्दै अखिल नेपाल किसान महासंघ रुपन्देहीद्धारा भैरहवामा विरोध सभा

 

भैरहवा असार २५
रासायनिक मलको अभाव, पेट्रोलियम पदार्थमा भएको चर्को मूल्यवृद्धि, बढ्दो महंगी र पूर्व अर्थमन्त्री जर्नादन शर्मालाई कानूनी कारवाहीको मागगर्दै नेकपा (एमाले) निकट अखिल नेपाल किसान महासंघ रुपन्देहीले शनिबार भैरहवामा विरोध सभा गरेको छ ।
वर्तमान गठबन्धन सरकारले किसानको कुनै समस्या समाधान गर्न नसकेकाले त्यसकाविरुद्ध भैरहवास्थित बुद्धचोकमा विरोध सभाको आयोजना गरिएको अखिल नेपाल किसान महासंघ लुम्बिनी प्रदेश कमिटी सचिव महेन्द्र गिरीले बताए ।
विरोध सभालाई सम्बोधन गर्दै एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य तथा किसान महासंघका स्थायी समिति सदस्य कविराम अर्यालले महंगी र चर्को मूल्य वृद्धिका विरुद्ध अनवरत रुपमा आन्दोलनका कार्यक्रम अगाडि बढिरहेको बताए । उनले मूल्य वृद्धिका विरुद्ध तथा भूमिसँग सम्बन्धित समस्या समाधान गर्नका निम्ति महासंघले प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाइ सकेको बताए । उनले महासंघले किसानका समस्या समाधान र महंगी नियन्त्रणका निम्ति पटकपटक आन्दोलनका कार्यक्रम सञ्चालन गर्दै आएको बताए ।
अखिल नेपाल किसान महासंघ रुपन्देहीका अध्यक्ष कृष्ण प्रसाद पन्थीले वर्तमान गठबन्धन सरकारले किसानलाई मल उपलब्ध गराउन नसकेको बताए । विरोध सभामा एमाले केन्द्रीय सदस्य भुमिश्वर ढकाल, शिवराज सुवेदी, रुपन्देही जिल्ला अध्यक्ष तेजेन्द्र केसी, उपसचिव चित्रबहादुर कार्की, हितरा जपन्थी लगायतको उपस्थिति रहेको थियो ।
विरोध सभामा सहभागी नेता कार्यकर्ताहरुले भूमिसम्बन्धी समस्या सम
ाधान गर, रासायनिक मलको आपूर्ति तुरुन्त गर, कृषिसम्बन्धी समस्या समाधान गर, पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता गर जस्ता नारा लगाएका थिए ।

 


लुम्बिनी चिन्तन

थप समाचार