Logo
२०८३, कार्तिक ४ गते
images

ताजा अपडेट

Logo २०८३, कार्तिक ४ गते

नेकपा एमाले रुपन्देहीको नियमित वैठक कोटिहवामा सम्पन्न


  • लुम्बिनी चिन्तन
  • आषाढ २५, २०७९ शनिवार
  • 340
    SHARES

नेकपा एमाले रुपन्देहीको नियमित वैठक कोटिहवामा सम्पन्न

बुटवल असार २५ ,। नेकपा एमाले रुपन्देहीको नियमित वैठक कोटिहवामा सम्पन्न भएको छ।

वैठकमा बोल्दै पार्टीका केन्द्रीय सचिव छविलाल विश्वकर्माले स्थानिय तह निर्वाचनबाट एमाले सवै भन्दा ठूलो शक्तिको रुपमा स्थापित भएको बताएका।

०७४ को निर्वाचनमा ३१ प्रतिशत मत प्राप्त गरेको एमालेले अहिलेको निर्वाचनमा गठबन्धनका विरुद्ध एक्लै लडदा पनि ३४ प्रतिशत मत प्राप्त गरि देशकै ठूलो पार्टीको रुपमा उभिएको दावी गरे। सिट संख्याका आधारमा प्राप्त परिणामले एमाले पछि पर्दा ईमानदार र निष्ठाका साथ लागेका कार्यकर्ताहरुलाई दुखित तुल्याएको भए पनि विश्वकर्माले ति कमजोरीहरु पुन दोहिरिन नदिने गरि काममा लाग्न कार्यकर्ताहरुलाई निर्देशन दिएका थिए।

पार्टी लुम्बिनी प्रदेश कमिटीका ईन्चार्ज विश्वकर्माले पार्टी संगठनलाई सुदृढ गरेर अघि बढन सकिएमा एमालेको हैसियतलाई फेरि पनि स्थापित गर्न सकिने बताए। पछिल्लो समयमा जिम्मेवार कार्यकर्ताहरुमा गैर जिम्मेवार प्रवृति हावी भएको औंल्याउदै उनले सामाजिक सन्जालको दुरुपयोग गरेर पार्टीको आन्तरिक विषयलाई कसैले पनि सार्वजनिक विषय बनाउन नहुनेमा जोड दिएका थिए।

गठबन्धनको सरकार जनउत्तरदायी भएर भन्दा पनि आ- आफ्नै स्वार्थमा लिप्त भएर अघि बढेको ठोकुवा गर्दै विश्वकर्माले उनीहरुको गलत कार्यको भण्डाफोर गरि जनताको विचमा जान कार्यकर्ताहरुले ढिला गर्न नहुने बताए।

पार्टी निर्माण र विस्तारको काममा लागेर आगामी संघिय र प्रदेशको निर्वाचनमा एमाले प्रतिको जनमत सृजना गर्न सवै जना जिम्मेवार भएर लाग्नु पर्नेमा विश्वकर्माले जोड दिएका थिए। निर्वाचन परिणाम पछि लत्रीएको मनस्थितिलाई उचो बनाउनु पर्ने बताउँदै जनमतका हिसावले एमाले सवै भन्दा ठूलो शक्ति भएको यथार्थतालाई सवैले मनन गरि पार्टीकाम जोडिन उनले सवै कार्यकर्तालाई आग्रह गरेका थिए।

वैठकले पार्टी कार्यकर्ताहरु एवम जनप्रतिनिधिहरुका लागि प्रशिक्षण कार्यक्रमको आयोजना गर्ने , पार्टी केन्द्रले साउन महिना भित्र पार्टी सदस्यता नविकरण एवम सदस्य विस्तार गर्न गरेको निर्देशनलाई समयमै सम्पन्न गर्ने निर्णय गरेको छ।

त्यसै गरि वैठकले यस अघि निर्वाचन अवधिमा पदाधिकारीले गरेको निर्णयलाई अनुमोदन गर्ने निर्णय गरेको पार्टी जिल्ला कमिटी सचिव यज्ञ गैरेले बताए।

स्थानीय तह निर्वाचन २०७९ को समिक्षा समेत गरिएको वैठकले निर्वाचनमा आएको परिणाम अनपेक्षित रहेको निष्कर्ष सहित आगामी दिनमा उर्जाशिल भएर अघि बढनु पर्नेमा जोड दिएको थियो। वैठकमा विभिन्न दलबाट नेकपा एमाले प्रवेश गरि जिल्ला कमिटीमा जिम्मेवारी पाएका सदस्यहरुले पद तथा गोपनियताको सपथ लिएका थिए।

त्यसै गरि सो अवसरमा पार्टी जिल्ला कार्यलयको भवन कोटिहवामा शुभारम्भ गरिएको थियो।

पार्टी जिल्ला कमिटी अध्यक्ष तेजेन्द्र केसीको अध्यक्षता र सचिव यज्ञ गैरेको संचालनमा भएको वैठकमा पार्टीका पोलिटव्युरो सदस्य लिला गिरी,केन्द्रीय सदस्य तथा रुपन्देही ईन्चार्ज भुमिश्वर ढकाल, केन्द्रीय सदस्यहरु शिव सुवेदी, गोमा आचार्य, सावित्रा सुवेदी लगायतले आ- आफ्ना भनाई राखेका थिए ।


लुम्बिनी चिन्तन

थप समाचार