बुटवल असार २५
नेकपा एकिकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले ५ दलिय गठबन्धन आवस्यकता रहेको बताउँदै आगामी निर्वाचनमा पनि गठबन्ध रहने बताएका छन् ।
समाजवादी प्रेस संगठन नेपाल, रुपन्देहीले बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले प्रदेश र संघको निर्वाचनमा पनि गठबन्ध भईरहने बताईरहदा स्थानिय निर्वाचनमा भने आफ्नै बलले होमिएको बताउनु भएको छ । ‘हामी स्थानिय निर्वाचनमा आफ्नै बलले होमिएका हौं, गठबन्धन माध्यम थियो अध्यक्ष नेपालले भन्नु भयो ।
गठबन्धन आवश्यकता अनुसार भएता पनि स्थानीय तहमा एकीकृत समाजवादी आफ्नै बलमा निर्वाचन लडेको बताउँदै अबको निर्वाचनमा पनि सोही अनुसार हुने उहाले बताउनु भयो । अध्यक्ष नेपालले निर्वाचनमा आफूहरूमाथि षडयन्त्र गरिएको समेत दाबी गर्नु भयो । निर्वाचनको सुरुदेखि नै हामी माथी षड्यन्त्र भयो । मतपत्रकै कारण धेरै मत बदर भए, हामीले पाएको मत र बदर भएको हेर्दा हामीलाई अत्यधिक मत प्राप्त भएको देखीयो पत्रकार सम्मेलनमा अध्यक्ष नेपालले भन्नु भयो ।
गठबन्धन रास्ट्रिय आवश्यकता बनेको र निरन्तरता नै रहने भन्दै स्थानीय तह निर्वाचनमा समाजवादी पार्टीले सफलता प्राप्त गरेको दाबी गर्नु भयो । एक महानगर, उपमहानगरसहित विभिन्न स्थानमा उपप्रमुख जितेको र धेरै तहमा अत्यधिक मत प्राप्त गरेको उहाले बताउनु भयो ।
स्थानीय तहमा हाम्रो पार्टीले सफलता हासिल गरेको छ , महानगर, उपमहानगरसहित धेरै ठाँउमा विजयी भएको छ । हामी आगामी निर्वाचनका लागि तयारीमा जुटेका छौं , अझै सफलता पाउने छौँ नेपालले भन्नु भयो ।