Logo
२०८३, कार्तिक ४ गते
images

ताजा अपडेट

Logo २०८३, कार्तिक ४ गते

विकासका काममा भद्दा राजनीति नगरौं : एमाले उपाध्यक्ष पौडेल


  • लुम्बिनी चिन्तन
  • आषाढ २०, २०७९ सोमवार
  • 320
    SHARES

विकासका काममा भद्दा राजनीति नगरौं : एमाले उपाध्यक्ष पौडेल

बुटवल । पूर्व- उपप्रधान तथा गृहमन्त्री विष्णु पौडेलले विकासका काममा भद्दा राजनीति नगर्न आग्रह गरेका छन् । कुनै पनि दलको राजनीतिक स्वार्थले विकास निर्माणको काममा अबरोध हुन नहुने उनले बताए । बुटवलको तिनाउ-दानव करिडोरमा यस्तै प्रकारको राजनीति भएको दृष्टान्त प्रस्तुत गर्दै उनले  यहाँका सबै नागरिकले माग गरेर मात्र यो आयोजा बनाएको दाबी गरे ।

पौडेलले विकासका काममा भद्दा राजनीति नगर्न आग्रह गरेका छन् । कुनै पनि दलको राजनीतिक स्वार्थले विकास निर्माणको काममा अबरोध हुन नहुने उनले बताए । बुटवलको तिनाउ-दानव करिडोरमा यस्तै प्रकारको राजनीति भएको दृष्टान्त प्रस्तुत गर्दै उनले  यहाँका सबै नागरिकले माग गरेर मात्र यो आयोजा बनाएको दाबी गरे ।

बुटवल- सैनामैना जोड्ने दानब नदी पुल (कर्साघाट) को सोमबार उद्घाटन गर्दै एमाले उपाध्यक्ष समेत रहेका पौडेलले विकासका लागि सबै एक ठाउँमा उभीनु पर्नेमा जोड दिए । तिनाउ-दानव नदी करिडोरको विषयमा जनतालाई भ्रम सिर्जना गर्ने काम भएको बताउँदै उनले उक्त करिडोर निर्माणमा अबरोध भएकोप्रति चिन्ता व्यक्त गरे । बिकासको कुरा गर्दा रूपन्देही जिल्ला मात्र नभई सिङ्गो लुम्बिनी प्रदेशनै अब्बल भएको दाबी  गर्दै विकासको मोडल हेर्न आउनेहरूका लागि रूपन्देही मानक बनेको समेत दाबी गरे । 

‘भैरहवा एयरपोर्टको दोश्रो चरणको कामको पूरा तयारी भएको छ, तिनाउमा सिग्नेचर ब्रृज बन्दै छ,  गोरूसिंगेसम्मको सडक चौडा बन्दैछ । केही हप्तामा टेण्डर हुँदैछ।’- पौडेलले भने, ‘बिकासका प्रश्नमा जनताले साथ दिनुस् हामी पूरा गर्छौ ।’

बुटवल-१५ र सैनामैना-१ लाई जोड्नेगरी १२७ मिटर लामो पुलको एमाले उपाध्यक्ष पौडेलले उद्घाटन गरेका हुन् । ११ मिटर चौडा रहेको उक्त पुल ३ वटा स्यालबमा पाइल फाउण्डेशन प्रविधिमा निर्माण गरिएको हो । संघीय सरकारको लगानीमा २०७४ असार २९ गते कार्य सम्झौता भएको यो आयोजनाको कोरोना महामारीले असर गर्दा २०७८ पौष ३० गते पुन म्याद थप गरिएको थियो । कुल १६ करोड ६० लाख ४७३ लागत अनुमान गरिएको योजनाका लागि अर्घाखाँची/बबुल जेभीसँग १३ करोड ९० लाख ३६ हजार ८०९ रुपैयामा ठेक्का सम्झौता भई काम सम्पन्न भएको थियो ।


लुम्बिनी चिन्तन

थप समाचार