दिनेश प्रसाद लोध
लुम्बिनी असार ७,
रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका लुम्बिनी पर्सा चोकमा मुल्यबृद्बिका विरुद्ध प्रदर्शन गरेको छ । अनेरास्ववियु लुम्बिनी सास्कृतिक नगरकमिटीको अयोजनामा विद्थी हरु पर्सा चोक सडकमा जम्मा भई टायर बाली यातायातका साधनलाई समेत केही समय रोकि नाराबाजी गरेका थिए ।
बिरोध प्रदर्शनमा मूल्य वृद्धि फिर्ता गर,जनता मारा सरकार मुर्दावाद, लगायतका नाराबाजी गर्दै एक घण्टा सडक अबरुद्ध गरेका थिए।प्रदर्शनमा नेकपा ( एमाले)का जिल्ला कमिटी सदस्य तथा अनेरास्ववियु केन्द्रिय कमिटी सदस्य सन्दीप गुप्ता बिरोध कार्यक्रममा बोल्दै यो पर्मादेश सरकारले जनताको ढाड सक्ने काम गरेको आरोप लगाएका थिए ।
विरोध कार्यक्रममा अनेरास्ववियु जिल्ला कमिटी सहसचिव झरना चौधरी , जिल्ला सदस्य राजेश आचार्य लगाएतले आफनो मन्तव्य राखेका थिए।