Logo
२०८३, कार्तिक ४ गते
images

ताजा अपडेट

Logo २०८३, कार्तिक ४ गते

लुम्बिनी प्रदेशकी चर्चित पात्र प्रहरी नियन्त्रणमा ।


  • लुम्बिनी चिन्तन
  • जेठ ३१, २०७९ मंगलवार
  • 784
    SHARES

लुम्बिनी प्रदेशकी चर्चित पात्र प्रहरी नियन्त्रणमा ।


भैरहवा जेठ ३१,
महिलामाथि हातपात गरेको आरोपमा प्रहरीले लुम्बिनी प्रदेशकी स्वास्थ राज्यमन्त्री विमला कुमारी खत्री वलीलाई नियन्त्रणमा लिएको छ । तुलसीपुर उपमहानगर–५ स्थित सब्जिमण्डी बजार नजिकै एकजना महिलालाई घरमा गएर कुटपिट गरेको भन्दै प्रहरीले उनलाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक रन्जनबहादुर स्वारले बताए । 
बिहान करिब ८ बजे ती महिलालाई राज्यमन्त्री वलीले हातपात गरेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । लुम्बिनी प्रदेश सरकारकी स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण राज्यमन्त्री विमला कुमारी खत्री वली लुम्बिनी प्रदेशमा सबैभन्दा विवादित र चर्चित नाम हो । यस अगाडी उनका प्रेमी भनिएका वाईसीएल कार्यकर्ता एकराज बस्नेतले उनै विमला वलीले गालामा चुम्बन गरेको तस्विर फेसबुकमा सार्वजनिक गरेका थिए । 
तुलसीपुर उपमहानगरपालिका ५ बसपार्कस्थित एकराज बस्नेतको घरमा पुगेर उनको श्रीमती र छोरीलाई हातपात गरेको स्थानीयले जनाएका छन्। मन्त्री वलीले हातपात गरेको खबर पाएपछि स्थानीयले बस्नेतको घरमा उनलाई थुनेर राखेका थिए ।  मन्त्री वलीलाई तुलसीपुर प्रहरीले नियन्त्रणमा लिएको एसपी सुरेश काफ्लेले जानकारी दिए। उनी व्यक्तिगत कामका लागि लु १ झ ५३७ नम्बरको सरकारी गाडी चढेर त्यहाँ पुगेकी थिइन् । 
घरभित्र छिरेर उनले ‘मेरो एकराज खोइ ?’ भन्दै एकराजकी श्रीमती र छोरीलाई समेत हातपात गरिन् । उनले कोठाभित्रको दराजसमेत तोडफोड गरेको र पर्दा च्यातेको बताइएको छ । घटना हुँदा एकराज घरमा थिएनन् । यो विषयमा प्रहरी भने मौन छ।
एमालेका तत्कालीन सांसद स्वर्गीय उत्तरकुमार वलीकी पत्नी हुन् । उत्तरको दुर्घटनामा निधन भएपछि उनलाई श्रीमान्कै निर्वाचन क्षेत्रमा तत्कालीन नेकपाले उमेदवार बनाएको थियो । लुम्बिनी प्रदेशमा एमालेको सरकार ढाल्न निर्णायक बनेकी विमला कहिले माओवादी त कहिले एमाले बनेर चर्चामा थिइन् । उनी माओवादी बनेपछि लुम्बिनी प्रदेशमा एमाले सत्ताच्यूत बनेको थियो ।


लुम्बिनी चिन्तन

थप समाचार