भैरहवा जेठ ६,
रुपन्देहीको सम्मरीमाई गाउँपालिकामा अध्यक्षमा बिनाेद श्रीवस्तव र उपाध्यक्ष कुमारी प्रियंका साही सिंह विजयी भएका छन । नेपाली कांग्रेसबाट अध्यक्षका उम्मेदवार बनेका श्रीवास्तवले ४ हजार १ सय ३४ मत ल्याई विजयी भएका छन । उनका निकटतम प्रतिद्धन्द्धी नेपाल माओवादी केन्द्रका जितेन्द्रनाथ शुक्लले ३ हजार ५ सय २ मत प्राप्त गरेको सम्मरीमाइ गाउँपालिकाकाे निर्वाचन अधिकृत पिताम्बर भण्डारीले जानकारी दिएका छन् ।
यस्तै उपाध्यक्षमा निर्वाचित सिंहले ४ हजार ४ मत ल्याई विजयी भएकी छन । उनका निकटतम प्रतिद्धन्द्धी लोसपाकी बिन्द्रावती गुप्ताले ३ हजार ३ सय ४ मत प्राप्त गरिन । वडा नम्बर १ मा कांग्रेसकै शिव कुमार यादव ९ सय ५१ मत, वडा नम्बर २ मा लोसपाका अजय कुमार गुप्त बनिया ५ सय ६८ मत, वडा नं. ३ मा कांग्रेसका अदहम अली देवान ५ सय ८५ मत ल्याई विजयी भएका छन ।
यस्तै वडा नम्बर ४ मा नेपाली कांग्रेसका दिवाकर प्रसाद दुबे ८ सय २८ मत, वडा नम्बर ५ मा माओवादीका श्रवण कुमार यादव ६ सय २७ मत, वडा नम्बर ६ माओवादीकै तौलन केवट ५ सय ७४ मत , वडा नम्बर ७ मा लोसपाका राधेश्याम कुर्मि ६ सय ५९ मत ल्याई विजयी भएका छन ।