Logo
२०८३, कार्तिक ४ गते
images

ताजा अपडेट

Logo २०८३, कार्तिक ४ गते

सिद्धार्थनगरमा मिश्रित नतिजा , नगरप्रमुखमा गठबन्धनका खाँन र उपप्रमुखमा एमालेकी अधिकारी विजयी


  • लुम्बिनी चिन्तन
  • जेठ ५, २०७९ बिहिवार
  • 692
    SHARES

सिद्धार्थनगरमा मिश्रित नतिजा  , नगरप्रमुखमा गठबन्धनका खाँन र उपप्रमुखमा एमालेकी अधिकारी विजयी


भैरहवा, जेठ ४ 
रुपन्देहीको सिद्धार्थनगर नगरपालिकामा नगरप्रमुखमा गठबन्धन र उपप्रमुखमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । 
नगरप्रमुखमा गठबन्धनका तर्फबाट कांग्रेसका इस्तियाक अहमद खाँन विजयी भएका छन् । उनले ९१३४ मत प्राप्त गरी विजयी हुँदा राप्रपाका सागरप्रताप राणाले ८१३७ मत पाएका छन् भने एमालेका डा. रामप्रसाद बस्यालले ७३०५ मत प्राप्त गरेका छन् ।
यस्तै उपप्रमुखमा भने एमालेकी उमा अधिकारी विजयी भएकी छन् । उनले ८८१३ मत प्राप्त गरी विजयी हुँदा राप्रपाकी विनिता गुप्ताले ६५४४ मत पाइन् । निर्वाचनमा गठबन्धन बाट माओबादीले कुनै पनि पदमा भने निर्वाचित हुन सकेन । वडा अध्यक्षहरुमा जसपा, राप्रपा , नेपाली काग्रेस र नेकपा एमालेले जित हातपारेका छन् ।
वडा नं १ को अध्यक्षमा उज्जव पोख्रेल, वडा नं २ को अध्यक्षमा छेदिलाल श्रीवास्तव, वडा नं ३ को अध्यक्षमा नारायण प्रसाद उपाध्यय, वडा नं ४ को वडाअध्यक्षमा मुक्तिनाथ यादव, वडा नं ५ को वडाअध्यक्षमा पुरनप्रसाद श्रेष्ठ, वडा नं ६ को वडा अध्यक्षमा वीरेन्द्रनाथ श्रीवास्तव, वडा नं. ७ को वडाअध्यक्ष दामोदर शर्मा घिमिरे, वडा नं.८ को वडाअध्यक्ष रानजजंग राणा, वडा नं. ९ को वडाअध्यक्ष शेषकान्त भण्डारी, वडा नं. १० को वडाअध्यक्ष सर्जुमन अहिर, वडा नं. ११ को वडाअध्यक्ष दिलिपकुमार यादव, वडा नं.१२ को  वडा अध्यक्षमा कुमार गुरुङ्ग र १३ को वडाअध्यक्षमा सोमबहादुर गुरुङ निर्वाचित भएका छन् ।


लुम्बिनी चिन्तन

थप समाचार