भैरहवा जेठ ४
रुपन्देहीको कंचन गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसका नवराज ढकाल ९ हजार ८५ मत प्राप्त गरी विजयी भएका छन् । उपाध्यक्षमा कांग्रेसकै मौसमी थापा मगर ९ हजार १९४ मत ल्याएर विजयी भएकी छन् .
अध्यक्ष र उपाध्यक्षका निकटतम प्रतिद्वन्द्वी एमालेका दिनानाथ आचार्यले ७ हजार ८४५ र ओमकली राहादीले ७ हजार ६९९ मत पाएका थिए ।