भैरहवा जेठ ४
सिद्धार्थनगरमा गठबन्धनका सहितको नेपाली कांग्रेसले अग्रता कायम राख्दा राष्ट्रिय प्रजातन्त्र पार्टी दोश्रो र नेकपा एमाले तेश्रो स्थानमा रहेको छ।
हाल सम्म गणना भएको २६७१९ मत मध्ये गठबन्धनको तर्फबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका ईस्तीयाक अहमद खांनले ७ हजार ५ सय ९८ मतका साथ अगाठी छन भने उनलाई राष्ट्रिय प्रजातन्त्र पार्टीका सागर प्रताप राणाले ६ हजार ७ सय ५मतका साथ पछ्याई रहेका छन्।
सिद्धार्थ नगरमा निरन्तर तेश्रो अवस्थामा रहेको नेकपा एमालेका डा. राम प्रसाद बस्यालले ५ हजार ८ सय १६ मत ल्याएका छन्।
यसैगरी सिद्धार्थनगरको उप प्रमुखमा भने नेकपा एमालेकी उमा अधिकारीले ६ हजार ८ सय ९२ मतका साथ अग्र स्थानमा छन भने राष्ट्रिय प्रजातन्त्र पार्टीकी बिनिता गुप्ताले ५ हजार ५ सय ९० मत पाएकी छन्।
नगर प्रमुखमा पहिलो स्थानमा रहेको गठबन्धन उपप्रमुखमा भने तेश्रो स्थानमा रहेको छ। गठबन्धनको तर्फबाट उप प्रमुख पदमा उम्मेदवार बनेकी माओवादी केन्द्रकी कमला थापाले ३ हजार ७ सय ७० मत पाएकी छन्।