Logo
२०८३, कार्तिक ४ गते
images

ताजा अपडेट

Logo २०८३, कार्तिक ४ गते

शुद्धोधन गाउँपालिका अध्यक्षमा कांग्रेस र उपाध्यक्षमा एमाले विजयी


  • लुम्बिनी चिन्तन
  • जेठ ४, २०७९ बुधवार
  • 508
    SHARES

शुद्धोधन गाउँपालिका अध्यक्षमा कांग्रेस र उपाध्यक्षमा एमाले विजयी

भैरहवा जेठ ४

रुपन्देहीको शुद्धोधन गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसका विष्णु प्रसाद बस्याल निर्वाचित भएका छन् ।

बस्यालले नेकपा एमालेका उम्मेदवार किशुनचन्द्र चौधरीलाई १ हजार ७१३ मतको अन्तरले पराजित गरेका हुन् । बस्यालले ७ हजार ९८३ मत पाएर विजयी हुँदा चौधरीले ६ हजार २७० मत पाएका छन् । चौधरी २०७४ को चुनावमा एमालेबाटै गाउँपालिका अध्यक्ष निर्वाचित भएका थिए ।

गाउँपालिकाको उपाध्यक्षमा भने एमालेकी शान्तादेवी ज्ञवाली निर्वाचित भएकी छन् । ज्ञवालीले ६ हजार ६८२ मत पाएर निर्वाचित हुँदा माओवादी केन्द्रकी शारदा भुसालले ३ हजार २५५ मत पाएकी छन् ।

पालिकामा कांग्रेस र माओवादी केन्द्रबीच तालमेल भएको थियो ।


लुम्बिनी चिन्तन

थप समाचार