Logo
२०८३, कार्तिक ४ गते
images

ताजा अपडेट

Logo २०८३, कार्तिक ४ गते

मर्चवारमा बृहत निशुल्क आखा तथा दन्त शिविर


  • लुम्बिनी चिन्तन
  • फाल्गुण २३, २०७७ आइतवार
  • 2.1K
    SHARES

मर्चवार । रोटरी क्लब अफ सेन्ट्रल लुम्बिनीले रुपन्देहीको कोटहीमाई–५, मझगावामा बृहत निशुल्क आखा तथा दन्त शिविर सम्पन्न गरेको छ ।
मर्चवार क्षेत्रमा रहेका नागरिकलााई लक्षित गर्दै सेवा नै धर्म हो भन्ने मान्यतालाई आत्मसात गर्दै शिविर आयोजना गरेको हो ।
ग्रामिण क्षेत्रमा स्वास्थ्यको पहुच पुगोस भन्दै हरेक वर्ष नियमित रुपमा गर्दै आएको कार्यक्रम अन्तर्गत रहेर यस वर्ष मझगावामा शिविर आयोजना गरेकोे आयोजक क्लब रोटरी क्लब अफ सेन्ट्रल लुम्बिनीका अध्यक्ष हिरा बहादुर शाहले बताए ।
शिविरमा त्यस क्षेत्रका ५ सयौ भन्दा बढि बालवालिका, महिलाहरुको सहभागिता रहेको थियो । कार्यक्रममा प्रमुख अतिथी डिस्ट्रीक ३२९२ नेपाल–भुटान डिस्ट्रीक गर्भनर राजिव पोखरेल, विशिष्ट अतिथि पूर्व शिक्षा मन्त्री सवेन्द्रनाथ शुक्ला, रोटरीका एसिस्टेन्ट गर्भनर हरि पौडेल, कोटहीमाई गाँउपालिकाका प्रमुख चन्द्रभुषण यादव लगायतले प्रस्तावित रोटरी सामुदायिक आखा तथा दन्त उपचार केन्द्रको उद्घाटन गरेका थिए ।
कार्यक्रममा बोल्दै पूर्व अध्यक्ष कृष्ण पाण्डे, मर्चवार लिफ्ट आयोजनाका सचिव जगरनाथ कुर्मी, सस्थापक अध्यक्ष विमल सेञ्चुरी लगायतले ग्रामिण क्षेत्रमा स्वास्थ्यको पहुच पु¥याउन रोटरीले अह्म भुमिका खेलेको बताउदै उपचार केन्दं्रबाट लाभ लिन सबैलाई आग्रह गरे ।
क्लबका अध्यक्ष शाहको अध्यक्षता सचिव प्रिया बन्धु न्यौपाने, को सञ्चालनमा भएको शिविरमा रोटरी कम्युनिटी क्रप्स का अध्यक्ष विश्वनाथ आचार्यले स्वागत गरेका थिए । 
 


लुम्बिनी चिन्तन

थप समाचार