Logo
२०८३, कार्तिक ४ गते
images

ताजा अपडेट

Logo २०८३, कार्तिक ४ गते

राष्ट्रिय जनमुक्ति पार्टी सिद्धार्थनगरद्वारा घोषणा–पत्र सार्वजनिक


  • लुम्बिनी चिन्तन
  • बैशाख २६, २०७९ सोमवार
  • 388
    SHARES

राष्ट्रिय जनमुक्ति पार्टी सिद्धार्थनगरद्वारा घोषणा–पत्र सार्वजनिक

भैरहवा, २६ वैशाख ।
राष्ट्रिय जनमुक्ति पार्टी सिद्धार्थनगरले स्थानीय तह निर्वाचन–२०७९ का लागि घोषणा–पत्र सार्वजनिक गरेको छ । पार्टीको सिद्धार्थनगर चुनाव प्रचारप्रसार समितिले सोमबार भैरहवामा पत्रकार सम्मेलन गरी ४० बुंदे घोषणापत्र सार्वजनिक गरेको हो ।

गाँस, बाँस, कपास (रोटी, कपडा, मकान) सहितको घोषणापत्र सार्वजनिक गरिएको राष्ट्रिय जनमुक्ति पार्टीका संघीय परिषद सचिव मोजीब अलीले बताए । घोषणापत्रमा मेयर आवास योजना, आत्मनिर्भर पर्यटन युवा स्वरोजगारको आधार, निःशुल्क शौचालय सफाई, जनमुक्ति पोषण प्याकेज, जीवनका लागि विशेष कार्यक्रम, प्रत्येक वडामा फ्री वाईफाई जोन, कपडा र रोटी बैंक, स्वच्छ खानेपानीको उचित व्यवस्थापन, बाँझो जग्गाहरु सबै हरियाली, पर्यटकीय नदीनाला, सरकारी विद्यालय शैक्षिक केन्द्र, कर (ट्याक्स) मा सुधार, व्यवस्थित पार्किङ, अन्तर्राष्ट्रिय विमानस्थल केन्द्रीत कार्यक्रम, भ्रष्टाचारप्रति कडा कदम, निःशुल्क दर्ताको व्यवस्था, लगानीमैत्री वातावरणको निर्माण, बालबालिकाहरु रमाउने शहर, रिंग रोड र बृहद नगर विकास परियोजना, साविकका कुलो नालाको खोजी र उचित प्रयोग समावेश गरिएको छ ।

त्यस्तै स्थानीय उत्पादनको प्रवद्र्धन, जनमुक्ति समानता प्याकेज, आयमूलक कार्यक्रममा जोड, जनमुक्ति अभिवृद्धि कार्यक्रम, स्वास्थ्य सचेतना कार्यक्रम, निःशुल्क एम्बुलेन्स र शव बाहन, निःशुल्क बीमा, १५ दिनभित्र निःशुल्क घर–नक्सा, फोहोरमैला उचित उपयोग, जनमुक्ति छात्रवृत्ति, खेलकुदलाई उच्चस्तरीय वातावरण, जनमुक्ति फार्मेसीको व्यवस्था, घरघरमा स्वास्थ्य सेवा, हरेक महिना घरघरमा भत्ता, जनमुक्ति भरपोषण, स्वच्छ र निःशुल्क खानेपानी सेवा, अंग्रेजी र मातृभाषामा पढाईको व्यवस्था, जन्मको आधारमा नागरिकताको निरन्तरता, रोजगारीका लागि ऐच्छिक तालिमको व्यवस्था, बोली अनुसारको काम हुनुपर्ने समावेश गरिएको छ ।

पत्रकार सम्मेलनमा बोल्दै पार्टीका संघीय परिषद सचिव मोजीब अलीले घोषणापत्र अनुसार नगरका जनप्रतिनिधिहरुले चुनावको बेला प्रतिवद्धता जाहेर गरे अनुसार (आफ्नो कार्यकाल अवधीभर) कार्य नगरेको खण्डमा ‘राइट टु कोर्ट’ को अधिकार प्रयोग गर्न पाइने बताए । उनले सिद्धार्थनगरमा कुनै पार्टीलाई प्रतिष्पर्धी नमानेको बताए । उनले भने, ‘घोषणापत्र अनुसार सेवा गर्न तत्पर छौं ।’

राष्ट्रिय जनमुक्ति पार्टीका तर्फबाट सिद्धार्थनगर नगरपालिका मेयर उम्मेदवार हसन रजा (टिपु) सुल्तानले जनताको रोजाई जनमुक्ति पार्टी भएको बताए । उनले भने, ‘शासक होइन, सेवक बनेर काम गर्छौं । ’ उनले सिद्धार्थनगरमा जनमुक्ति पार्टीबाट निर्वाचित जनप्रतिनिधिले पारिश्रमिक नलिने बताए ।

पार्टीको तर्फबाट सिद्धार्थनगर नगरपालिका उपप्रमुखका उम्मेदवार मायादेवी सूर्य वंशीले पार्टीका सम्पूर्ण उम्मेदवारलाई जिताउन आग्रह गरिन् । उनले भनिन्, ‘हाम्रो कामको मुल्यांकन गर्नुहोस् ।’ कार्यक्रममा राष्ट्रिय जनमुक्ति पार्टीको तर्फबाट सिद्धार्थनगरका मेयर, उपमेयर, वडाअध्यक्षका उम्मेदवारहरु लगायतको उपस्थिति रहेको थियो ।

निर्बाचनका वेला गरिएको प्रतिबद्धता अनुसार आफ्नो कार्यकाल अवधिमा नगरिएमा हरेक मतदाता तथा नगरवासीलाई जनप्रतिनिधिबिरुद्ध अदालतमा जाने अधिकार रहेको कुरा घोषणापत्रमा उल्लेख छ ।

उक्त पार्टीको ४० बुंदे घोषणापत्रमा आवास बिहीन गरिवका लागि निःशुल्क मेयर आवास योजना, आत्मनिर्भर पर्यटन युवा स्वरोजगार, निःशुल्क शौचालय सफाइ, गरिवका लागि कपडा र खानाको बैंक स्थपना, बृक्षारोपण हरियाली, शिक्षा, स्वास्थ्य, कृषि, पार्किङ, विभिन्न करमा छुटको व्यवस्था, खानेपानी, निःशुल्क एम्बुलेन्स लगायतका विषयलाई समेटिएको छ ।


लुम्बिनी चिन्तन

थप समाचार