Logo
२०८३, कार्तिक ४ गते
images

ताजा अपडेट

Logo २०८३, कार्तिक ४ गते

महिला, बालवालिका, अशक्त तथा बृद्धआमाबुवाहरुको निशुल्क स्वास्थ्यमा पहुच मेरो प्राथमिकता ः राप्रपा उपमेयर गुप्ता


  • लुम्बिनी चिन्तन
  • बैशाख २६, २०७९ सोमवार
  • 1.3K
    SHARES

महिला, बालवालिका, अशक्त तथा बृद्धआमाबुवाहरुको निशुल्क स्वास्थ्यमा पहुच मेरो प्राथमिकता  ः राप्रपा उपमेयर गुप्ता


निर्वाचन मिति नजिकिदै गर्दा सिद्धार्थनगर नगरपालीकामा बिभिन्न राजनैतिक दलहरुमा आबद्ध रहेर मेयर र उपमेयर पदमा उमेदवार दिएका उमेदवारहरुका बिषयमा जोड घटाउ सुरु हुन थालेको छ ।

बिषेश गरी नेकपा एमाले , नेपाली काग्रेस र माओबादीको गठबन्धन र राप्रपाका उमेदवारहरु बिच कस्ले नगरको नेतृत्व गर्न पाउछन् भन्नेमा बहस सुरु हुन थालेकाछन् । मुख्य प्रतिसप्रधाका रुपमा अगाढी रहेका तिन प्रत्यासी मेयर र उपमेयरका बिचमै बढी चर्चा छ । अझ भन्नेहो भने नगरमा नया अनुहारका रुपमा देखा परेका उमेदवारहरुको बढी चर्चा हुने गरेको छ ।

नेकपा एमाले बाट उपमेयर पदका उमेदवार उमा अधिकारी र नेपाली काग्रेस र माओबादीको गठबन्धन बाट उपमेयर पदको उमेदवार पदका उमेदवार कमला थापा नगरमा सुनिएका नाम हुन । तर तिनै भिडमा प्रतिशप्रधाका रुपमा अगाढी सारीएका राप्रपा सिदार्थनगरका उपमेयर पदका उमेदवार बिनिता गुप्ता पनि शशक्त प्रतिशप्रधीका रुपमा उदाउनु भएको छ । सिद्धार्थनगर–३, खजहना निवासी ३४ वर्षीया बिनिता गुप्ता यस अगाडी धेरै सुनिइको नाम भने होईन । स्नातक तहको अध्ययन पुरा गर्नु भएकी गुप्ता बैशाख ३० गते हुने स्थानिय तह निर्वाचनमा राप्रपाको तर्फ बाट उपमेयर पदमा उमेदवारी दिए संगै उहाको चर्चा एकाएक सुरु भएको हो । उहा राजनीतिक संस्कारमा हुर्कीनु भएता पनि प्रत्यक्ष संलग्नता भने कम थियो ।

सिद्धार्थनगरका पुर्ब उपमेयर ससुरा रतनप्रसाद गुप्ता र राप्रपा रुपन्देहीका उपाध्यक्ष अजय कुमार गुप्ताकी श्रीमती बिनिता राजनितिलाई भने नजिक बाट हेर्न सक्ने सार्मथ्य भएको महिला हुनुहुन्छ । बैशाख ३० गते हुन गैरहेको स्थानिय तह निर्वाचनमा राप्रपा बाट सिद्धार्थनगर नगरपालीकाको उपमेयर पदमा उमेदवारी दिनु भएका बिनिता गुप्ताले निर्वाचनमा आफुले जित हासिल गर्ने आधारहरु यसरि प्रस्तुत गर्नु भयो ।

binita 222.jpg
१, नेपालको कानुन भित्र रहेर गर्न सकिने कामहरुका बारेमा मलाई ज्ञान छ । भष्टचार मुक्त समाज मेरो पार्टीको पहिलो प्राथमिकता हो । तर्सथ मैले जितेको अवस्थामा नगर भित्र रहेका महिलाहरुको अवस्था सुधार मेरो पहिलो प्राथमिकता रहने छ ।
२, उम्मेदवारहरु यतिबेला अआफ्ना चुनावी मुद्दा लिएर मतदाता समक्ष जानुभएको छ । म पार्टीले अघि सारेको र मेरो आफ्नै बिचार लिएर मतदातासामु छु । म संग पुरा गर्न नसकिने जस्ता ठूलाठूला सपना कार्यकता माझ लिएर गएको छैन । सर्वसाधारण जनताले प्रत्यक्ष भोग्नु परेका स,साना समस्या र आबस्यकतालाई उठाएको छु ।


३, महिला, बालवालिका, अशक्त तथा बृद्धबृद्धाआमाबुवाहरुको निशुल्क स्वास्थ्यमा पहुच पुराउने चाहना छ । साथै बेरोजगारहरुका लागी रोजगारीको श्रृजना , फोहर ब्यावस्थापन , नगरको सुन्दरीकरण पहिलो प्राथमिकता रहने छ । महिलाहरुमा देखीने जटिल प्रकृतीका रोगहरुको पहिचान र उपचारका लागी बिषेश प्राथमिकता रहने छ ।


४, नगरको फोहर ब्यावस्थापन संगै छाडा चौपाया र भुस्याहा कुकुर नियन्त्रण मुख्य प्राथमिकताको बिषय रहने छन् । गौतमबुद्ध अन्तराष्ट्र्यि बिमानस्थल संचालनमा आए संगै सिद्धार्थनगर एक अन्तराष्ट्र्यि नगरको रुपमा परिचित हुने भएकाले यसको सुन्दरताका लागी पहिलो प्राथमिकतामा फोहर ब्यावस्थापन साथै छाडा चौपाया र भुस्याहा कुकुर नियन्त्रण गर्नु आबस्यक रहने छ ।


५ नगर भित्र गरिव परिवार धेरै छ्न । गरिबिका कारण नवजात शिसु देखी बिध्यालय जाने उमेर समुहका बालबालीकाहरुमा शिक्षा , स्वास्थ्यको समस्या श्रृजना भएका देखिएको छ । महिलाहरुमा जनचेतनाको अभाव छ । धेरै वालवालिकामा पोषणयुक्त खाने कुरा बाट बन्चीत छन् । पाठेघरको क्यान्सर, पाठेघर खस्ने समस्या लगायत महिला संग सम्बन्धीत समस्याहरु लुकाएर बसेका छन् । त्यस्तो स्थानमा सचेतना जगादै उपचारका लागी अस्पताल सम्म पुराउने ब्यावस्था मिलाउने छु । छात्रा महिनावारी भएका वेला बिद्यालयमा कम गुणस्तरका सेनेटरी प्याड निःशुल्क बितरण भएका छन् । त्यसलाई नियगमन गरी गुणस्तरीय सेनेटरी प्याड बितरणको ब्यावस्था हुने छ । बालविवाह, दाइजो, बेचबिखन, बलात्कार, घरेलु हिंसा लगायतका समस्या समाधानका लागी मेरो पहलकदमी हुने छ । प्राविधिक शिक्षालय सहित बाल शिशु स्याहार केन्द्र, सडक, ढल, बिद्युतिकरण ,स्वच्छ ,सफा र व्यवस्थित नगर हाम्रो परिकल्पना हो ।


६, आम मतदाताले मप्रति माया, सद्भाव देखाउनु भएको छ । काम गर्न सक्ने शिक्षीत उमेदवार उहाहरुले आप्नो अगाढी देख्नु भएको छ । 

 


लुम्बिनी चिन्तन

थप समाचार