Logo
२०८३, कार्तिक ४ गते
images

ताजा अपडेट

Logo २०८३, कार्तिक ४ गते

सिद्धार्थनगरमा राप्रपाको घरदैलो


  • लुम्बिनी चिन्तन
  • बैशाख २२, २०७९ बिहिवार
  • 762
    SHARES

सिद्धार्थनगरमा राप्रपाको घरदैलो

भैरहवा, २२ वैशाख ।
स्थानीय तहको निर्वाचन नजिकिदै जाँदा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले घरदैलो कार्यक्रमलाई निरन्तरता दिएको छ । सोही क्रममा पार्टीले बुधबार सिद्धार्थनगर नगरपालिका वडा नम्बर १२ मा घरदैलो कार्यक्रम गरेको छ ।

सिद्धार्थनगर–१२ अन्तर्गत बैंकरोड, कालिकापथ लगायतका टोलमा घरदैलो कार्यक्रम गरिएको राप्रपा रुपन्देहीका उपाध्यक्ष तथा जिल्ला निर्वाचन परिचालन समितिका संयोजक अजय कुमार गुप्ताले बताए ।

कार्यक्रममा उपप्रमुखका उम्मेदवार विनिता गुप्ता, वडा नम्बर १२ का अध्यक्षका उम्मेदवार बलराम शर्मा, वडा सदस्यका उम्मेदवार कविता कार्की, इशान भण्डारी लगायत नेता–कार्यकर्ताको सहभागिता रहेको थियो ।


लुम्बिनी चिन्तन

थप समाचार