Logo
२०८३, कार्तिक ४ गते
images

ताजा अपडेट

Logo २०८३, कार्तिक ४ गते

उद्योगी–व्यवसायीको संरक्षण गर्न एकीकृत समाजवादीलाई जिताऔं ः पुन


  • लुम्बिनी चिन्तन
  • बैशाख २२, २०७९ बिहिवार
  • 360
    SHARES

उद्योगी–व्यवसायीको संरक्षण गर्न एकीकृत समाजवादीलाई जिताऔं ः पुन

 

भैरहवा, बैशाख २२ ।

नेकपा एकीकृत समाजवादी सिद्धार्थनगर नगरपालिकाका मेयर पदका उम्मेदवार कुलेन्द्र पुनले उद्योगी–व्यवसायीको संरक्षण गर्न आफ्नो जित अपरिहार्य भएको बताएका छन् । बिहीबार सिद्धार्थनगर–७ को घरदैलोका क्रममा उनले भने, ‘व्यवसायी सुरक्षित नहुँदासम्म मुलुकको अर्थतन्त्र बलियो हुँदैन । त्यसका लागि एक मात्र पार्टी एकीकृत समाजवादी हो र उसको जित आवश्यक हुन्छ ।’

पुनले व्यवसायीलाई चौबीसै घण्टा व्यवसाय खोल्ने वातावरण बनाउनुपर्ने, अनावश्यक करको भार थोपार्न नहुने र लगानीको ग्यारेन्टी राज्यले गर्नुपर्ने बताए । ‘तीन–चारथरि कर लगाउने तर सुरक्षा नदिने’, उनले भने, ‘यस्तो अवस्थामा निजी क्षेत्र कसरी बलियो हुन्छ ।’ व्यवसायी र उनीहरुको व्यवसाय फस्ट्याए मात्रै मुलुक बलियो हुने उनको भनाई छ ।

‘राम्रोसँग उद्योग–व्यवसाय चल्यो भने कुनै निकायले तिमिहरुले कर तिर भन्नै पर्दैन’, उनले भने, ‘व्यवसायीले आफै दायित्व सम्झेर कर तिर्छन् । यसका लागि सरकारले वातावरण बनाउनुपर्छ ।’ उनले आफू निर्वाचित भएमा नगर भित्रका व्यवसायीको संरक्षण गर्ने, छुट सुविधाहरु दिने, करको दर नबढाई दायरा बढाउने जनाए ।

उनले उद्योग–व्यवसाय रहेको ठाउँमा विद्युत, सहज सडक मार्ग, दक्ष मजदुर उपलब्ध गराउन आफूले पहल गर्ने जनाए । सबै पूर्वाधार उपलब्ध गराएर नगर क्षेत्रको व्यवसाय विस्तारमा टेवा पुर्याउने आफ्नो उद्देश्य रहेको उनले प्रस्ट्याए । उद्योगीलाई चाहिने दक्ष कामदारका लागि सीपमूलक तालिमहरु संचालन गर्ने र उनीहरुलाई रोजगार दिने आफ्नो योजना रहेको पुनले बताए ।

‘नगरभित्र रहेका युवाहरुलाई तालिम दिएर दक्ष बनाएर उ
द्योगहरुमा रोजगारी दिइने छ’, उनले भने, ‘यसका लागि हामीले नीति बनाएर काम गर्नेछौं ।’ उद्योगले दक्ष कामदार नपाउने तर युवाहरु व्यरोजगार बस्नुपर्ने बाध्यता हटाउन भूमिका खेल्ने उनको भनाई छ । 


लुम्बिनी चिन्तन

थप समाचार