Logo
२०८३, कार्तिक ४ गते
images

ताजा अपडेट

Logo २०८३, कार्तिक ४ गते

स्थानीय तह निर्वाचनमा सिद्धार्थनगर गठबन्धनका प्रमुख र उपप्रमुखका उम्मेदवारद्धारा संकल्पपत्र सार्वजनिक


  • लुम्बिनी चिन्तन
  • बैशाख २२, २०७९ बिहिवार
  • 408
    SHARES

स्थानीय तह निर्वाचनमा सिद्धार्थनगर गठबन्धनका प्रमुख र उपप्रमुखका उम्मेदवारद्धारा संकल्पपत्र सार्वजनिक

भैरहवा बैशाख २२,
स्थानीय तह निर्वाचनमा सिद्धार्थनगर नगरपालिका गठबन्धनका प्रमुख र उपप्रमुखका उम्मेदवारले बिहीबार संकल्पपत्र सार्वजनिक गरेका छन् ।

सत्ता साझेदार गठबन्धनकातर्फबाट मेयर र उपमेयर बनेका उमेदवार द्धयले संकल्प पत्र सार्बजनिक गरेको नगर सभापती कोसिश खड्काले जानकारी दिए । अन्य दलले पूरा गर्न असम्भव विभिन्न घोषणा सार्वजनिक गरेको हुन्छ हामी हामी पुरा गर्न सक्ने कुरा मात्र सार्बजनीक गरेका छौ नगर सभापती खड्काले भने । सिद्धार्थनगर नगरपालिका प्रमुख पदमा नेपाली कांग्रेसका उम्मेदवार इस्तियाक अहमद खान र माओवादीबाट उपप्रमुख पदकी उम्मेदवार कमला थापाले उमेदवारी दिनु भएको छ । हामीले कार्यकालमा पूरा गर्न सकिने वाचा समेटेर संकल्पपत्र जारी गरेका छौ बिहीबार आयोजित कार्यक्रममा मेयर पदका उमेदवार ईस्तियाक अहमद खांनले भन्े ।

आफ्नो कार्यकालमा भ्रष्टाचार शून्य बनाउने प्रयास गर्ने प्रतिवद्धता व्यक्त गरे । त्यसका लागि प्रशासनिक कार्यलाई चुस्त पारिने उनीहरुले बताए । नगरका सबै कार्यालयलाई सेवाग्राही मैत्री बनाउने उनीहरुको जोड छ । नगरपालिकाको शिक्षा स्तरोन्नतीका लागि विशेष योजना तय गर्ने उप प्रमुख पदकी प्रत्यासी थापाले बताइन । उच्च शिक्षा अध्ययनकालागि गरिब, पिछडिएका वर्ग तथा अल्पसंख्यक समूहका छात्र–छात्रालाई छात्रवृत्तिको व्यवस्था गरिने उनले बताइन ।

गठबन्धनले कृषि तथा पशुपालनलाई जोड दिएको छ । कृषकलाई आवश्यकता अनुसार बिऊ, मल, औषधी समयमा नै सर्व सुलभ रुपमा उचित मूल्यमा उपलब्ध गराउने नीति सार्वजनिक गरेको छ । ‘सिद्धार्थनगर–५ स्थित हाटबजारमा नवनिर्मित कृषि व्यापारिक भवन तथा वडा नम्बर ८ स्थित वीपी पथमा रहेको फलफुल तथा तरकारी बजारलाई थप व्यवस्थित गरिने छ,’ गठबन्धनको संकल्प पत्रमा उल्लेख छ । नेपाली कांग्रेस सिद्धार्थनगरका सभापति कोशिश खड्काको सभापत्विमा भएको कार्यक्रमको संचालन माओबादी केन्द्रका नगर अध्यक्ष नारायण हमालले गरेका थिए 


लुम्बिनी चिन्तन

थप समाचार