Logo
२०८३, कार्तिक ४ गते
images

ताजा अपडेट

Logo २०८३, कार्तिक ४ गते

उत्साहका साथ सुुरु भयोे सिद्धार्थनगरमा गठबन्धनको घरदैलो


  • लुम्बिनी चिन्तन
  • बैशाख १७, २०७९ शनिवार
  • 1.3K
    SHARES

उत्साहका साथ सुुरु भयोे सिद्धार्थनगरमा गठबन्धनको घरदैलो


भैरहवा, बैशाख १७। 
नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रको गठबन्धनले सिद्धार्थनगर नगरपालिका भैरहवामा उत्सासाथ घरदैलो अभियान सुुरु गरेको छ । गठबन्धनबाट मेयर (प्रमुख)मा नेपाली काँंग्रेसका इस्तियाक अहमदखान र उपमेयर (उपप्रमुख) माओबादीबाट कमला थापा उम्मेदवार छन् ।
सिद्धार्थनगर वडा नम्बर १ बाट सुुरु भएको घरदैलोमा कांग्रेसबाट मेयरका आकांक्षी सुुरेन्द्रजंग थापा, विजय शर्मा, महेन्द्र कुुमार श्रेष्ठ र सुशीलल गुुरुङ्ग तथा माओवादीका मनिषकुमार जोशीले इस्तियाक अहमदखानलाई बिजयको सुुभकामना दिँदै संयुुक्त रुपमा अंकमाल र हातेमलो गरी घरदैलोको सुुरुवात भएको कांग्रेस सिद्धार्थनगरका सभापति कोशिश बहादुर खड्काले जानकारी दिए ।

nc.JPG
त्यस्तै, उपमेयरकी आकांक्षी पल्लवी न्यौपानेले पनि कमला थापालाई बिजयको शुुभकामना दिंदै गठबन्धनलाई बिजयी गराउन आफू निरन्तर लागिरहने बताइन् । मेयरका उम्मेदवार खानले नगरको विकास, राष्ट्रियता, लोकतन्त्र र संविधानको रक्षाका लागि गठबन्धन अपरिहार्य रहेको बताउँदै गठबन्धनका मेयर र उपमेयर दुवैले बिजय हासिलगर्ने विश्वास ब्यक्त गरे ।
खानले आफ्नो एक मात्र लक्ष्यनगरको बिकास र जनताको सेवा रहेको बताए । जनताको चाहाना र नगरको आवश्यकता अनुसार गठबन्धनले विकासलाई अगाडि बढाउने उनले बताए । ‘नगर समृद्ध बन्नुपर्छ भन्ने सबै नगरबासीको चाहना छ, तर विगतमा नगरको नेतृत्वमा पुगेकाले गर्न सकेनन्’, खानले भने, ‘जन अपेक्षा एकातिर थिए, नेतृत्वले अर्कातिर काम गरे । म नेतृत्वमा आएँभने सबैको राय सुझाव लिएर एकीकृत विकासमा लाग्छु ।’

DSCN2490.JPG
घरदैलो कार्यक्रममा खानले बेलहिया बासी सीमा रक्षक र धर्मीमाता भएको बताए । ‘सीमा क्षेत्रमा बसेर यहाँहरुले नेपाली भूमिको रक्षामापनि मैले योगदानदिएको पाएको छु, यो बेलहियाबासीको मात्रै नभएर मुलुकककै लागि राम्रो सन्देश हो’, उनले भने । मेयरका उम्मेदवार खानले आफू बेलहिया बासीभएको र यहाँका हरेक समस्यासँग परिचित रहेको बताउँदै नागरिकको भावना विपरीत कहिल्यै जाननसक्ने बताए ।
‘पदमाकुनै बेलाभइएला, कुनैबेलान भइएला तर म सधै नगरबासीसँग छु, हरेक सुखदुःखमा साथमाहुनेछु’, उनले भने, ‘विगतदेखि मैले गर्दै आएको समाजसेवालाई अझ फराकिलो रुपमानिरन्तरता दिन्छु ।’ उनले बेलहियामा सडक, खानेपानी, शिक्षा, स्वास्थ्यलगायतमाअझै पछि परेको जनाउँदै त्यसका लागि आफूसधै लाग्ने जनाए ।
त्यस्तै, उपमेयरका उम्मेदवार कमला थापाले आफू बिजयी भएमा गठबन्धनका नेता, कार्याकर्ता तथा आकांक्षीहरुसँग सुुझाव, सल्लाह र सहकार्य गरी नगरको बिकासमा  लाग्ने बताइन् । प्रतिगमनलाई पराजीतगर्न गठबन्धन गर्नुु परेको भन्दै उनले कांग्रेस र माओबादीका कार्याकताहरुलाई समेत इमान्दार भएर चुुनावी अभियानमा लाग्न आग्रह गरिन् । घरदैलोको सुरुवातमै देखिएको उत्साहले आफूहरुको जित सुनिश्चित भइसकेको उनले बताइन् । सो अवसरमा मेयर तथा उपमेयरका आकांक्षीहरुले गठबन्धनमा एकता र बिश्वास नै जितको पहिलो आधार भएको बताए ।


लुम्बिनी चिन्तन

थप समाचार