Logo
२०८३, कार्तिक ४ गते
images

ताजा अपडेट

Logo २०८३, कार्तिक ४ गते

माओवादी केन्द्रबाट सिद्धार्थनगरको मेयरमा जोशी र उपमेयरमा थापाद्वारा उम्मेदवारी दर्ता


  • लुम्बिनी चिन्तन
  • बैशाख १२, २०७९ सोमवार
  • 784
    SHARES

माओवादी केन्द्रबाट सिद्धार्थनगरको मेयरमा जोशी र उपमेयरमा थापाद्वारा उम्मेदवारी दर्ता

भैरहवा बैशाख १२

 नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) बाट रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाको प्रमुख (मेयर) मा मनिष कुमार जोशी र उपप्रमुख (उपमेयर) मा कमला थापाले उम्मेदवारी दिएका छन् । सोमबार भैरहवास्थित बाल मन्दिरमा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उनीहरुले उम्मेदवारी दर्ता गरेका हुन् ।

पाँचदलीय गठबन्धनले संयुक्त रुपमा उम्मेदवारी दर्ता गर्ने भए पनि केही विषयमा सहमति नभएका कारण माओवादी केन्द्रले पनि छुट्टै उम्मदेवारी दर्ता गराएको पार्टी सिद्धार्थनगरका प्रवक्ता लोकेन्द्र धामीले बताए । उनले भने, ‘नेपाली कांग्रेससँग सहमति हुन नसके उम्मेदवारी फिर्ता हुन सक्छ, यद्यपि सहमति हुन नसके उम्मेदवारी कायमै रहन्छ ।’


लुम्बिनी चिन्तन

थप समाचार