Logo
२०८३, कार्तिक ४ गते
images

ताजा अपडेट

Logo २०८३, कार्तिक ४ गते

यस कारण हामीले उमेदवारी दर्ता गरेनौ ।


  • लुम्बिनी चिन्तन
  • बैशाख १२, २०७९ सोमवार
  • 1.0K
    SHARES

यस कारण हामीले उमेदवारी दर्ता गरेनौ ।


भैरहवा बैशाख १२,
बैशाख ३० गते हुने निर्वाचनमा सिदार्थनगर नगरपालीकाको मेयर पदमा उमेदवारी नदिने निर्णय गरेको हरी बहादुर थापाले बताउनु भयो ।
स्वतन्त्र उमेदवारका रुपमा सिद्धार्थनगरको मेयर पदमा उमेदवार दिने भए पनि अन्तीम समयमा आएर मनोनयन दर्ता नगरेको थापाले बताउनु भयो । राजनैतिक पार्टीहरुको कार्यशैलीको असन्तुष्टि को लागि सामाजिक हितको भन्दा व्यक्तिगत स्वार्थको अन्त गर्नका लागि र राजनैतिक अंशवण्डाको अन्त गर्दै सिद्घार्थनगर नगरपालिकालाई शिक्षा, पर्यटन तथा स्वास्थ्यको हब बनाउने योजना हो ।  
नेपालकै नमुना नगरपालिकाको रुपमा विस्तार गर्ने उद्घेश्यका साथ १३ वटै वडा का स्वतन्त्र उम्मेदवार सहित मेयर,उपमेयर प्रतिबद्घता जाहिर गर्दै आएकोमा उमेदवारी दिने निर्णय फिर्ता लिएको थापाले बताउनु भयो । लामो समय सम्म राजनीतिमा लागेका तर गठबन्धनका कारण आप्नौ राजनैतिक करियर गुमाएकाहरुको माग सम्बोधन गर्ने हाम्रो टिमको लक्ष्य हो । तर अन्तीम समयमा आएर गठबन्धन टुटफुट भई सबै राजनैतिक दलहरु आ आप्नौ ढंगबाट निर्वाचनमा सहभागी हुने माहोल बनेपछि हामीले स्वतन्त्र उमेदवारी दिने निर्णय बाट पछि हटेका हौ थापाले भन्नु भयो ।
यस क्षेत्रको हाम्रो हैन राम्रो उम्मेदवार छानौ एक उत्कृष्ट उम्मेदवार लाई जिताउने र  निजको कार्यकालमा हातेमालो गरी नगरपालिकाको विकासमा फडको मार्नमा एक जुट हुन तथा गलतकार्यको लागि खबरदारी गर्ने गरी हामीले निर्वाचनमा भाग नलीने निर्णय गरेका छौ थापाले भन्नु भयो । गठबन्धन टुट्नु र सबै राजनैतीक दलहरुले निर्वाचनमा स्वच्छ प्रतिशप्रधा गर्ने अवसर बनेको छ थापाले भन्नु भयो । 

 


लुम्बिनी चिन्तन

थप समाचार