भैरहवा बैशाख ८
गोजूरियो कराते डो मिसन संघ नेपालका कराते खेलाडीहरु भारत प्रस्थान गरेका छन ।
यहि वैशाख १० गते र ११ गते वस्ट बंगाल भारतमा हुने स्पोर्ट्स फेस्टिबल अन्तर्राष्ट्रिय कराते च्याम्पियनसिप २०२२ प्रतियोगितामा सहभागी हुन १७ जना कराते खेलाडीहरु र अफिसियल संघका संस्थापक एंव संरक्षक काजी राना , रुपन्देही जिल्ला उपाध्यक्ष धना थापा नेपाल भारत नाका बेलहियाबाट प्रस्थान गरेका हुन ।
खेलाडीहरुलाई बिदाई गर्दै जिल्ला अध्यक्ष उमेश थापा लाटोमगर बाट राष्ट्रिय झण्डा प्रमुख प्रशिक्षक काजी रानालाई प्रदान गरेको थियो । खुकुरी क्लव बेलहियाका अध्यक्ष राम बहादुर बस्नेत ,नर्जुङ गुरुङ ,दिपेन्द्र पौडेल ,वीर बहदुर राना,प्रहरी सहायक निरीक्षक मोहनलाल भण्डारी लगायतले टीका एंव खादा लगाएर विदाई गरेका थिए ।
संघका जिल्ला अध्यक्ष उमेश लाटोमगरले हाम्रो खेलाडीहरु कहिल्यै दोस्रो हुन नजानेको सधै प्रथम हुने जानकारी दिदै यसपालि पनि प्रथम भएर आउन शुभकामना दिनु भयो