Logo
२०८३, कार्तिक ४ गते
images

ताजा अपडेट

Logo २०८३, कार्तिक ४ गते

नेपाली काँग्रेस क्षेत्रीय सभापति हरि लम्सालद्वारा राजीनामा


  • लुम्बिनी चिन्तन
  • बैशाख ९, २०७९ शुक्रवार
  • 386
    SHARES

नेपाली काँग्रेस क्षेत्रीय सभापति हरि लम्सालद्वारा राजीनामा

भैरहवा बैशाख ९

नेपाली काँग्रेस रुपन्देही क्षेत्र नम्बर २ का सभापति हरि लम्सालले पार्टीले एकलौटी काम गरेको भन्दै साधारण सदस्य समेत नरहने गरी राजीनामा दिएको घोषणा गरेका छन् ।   आज जिल्ला पार्टी कार्यालय भैरहवा पुगेर उनले राजीनामा बुझाएका हुन् । पार्टीले एकलौटी र षडयन्त्रपूर्वक नगर प्रमुखहरुको नाम  सिफारिस गरेको उनको आरोप छ । 
 
नगर सभापतिहरुले एकलौटीबारे आवाज उठाउँदा समेत बेवास्ता भएको उल्लेख गर्दै उनले इमान्दारीता, निष्ठा  र विधानको कुनै महत्व  रहेन छ भन्ने  निष्कर्ष निकालेर राजीनामा दिएको उल्लेख गरेका छन् । लामो समयदेखि नेपाली काँग्रेसको राजनीति गर्दै आएका लम्साल  दुई कार्यकाल क्षेत्रीय  सभापति रहेका थिए ।  


लुम्बिनी चिन्तन

थप समाचार