Logo
२०८३, कार्तिक ४ गते
images

ताजा अपडेट

Logo २०८३, कार्तिक ४ गते

कांग्रेस परित्याग गरेका नेता मात्रिका प्रसाद यादव जसपामा प्रवेश


  • लुम्बिनी चिन्तन
  • बैशाख ९, २०७९ शुक्रवार
  • 428
    SHARES

कांग्रेस परित्याग गरेका नेता मात्रिका प्रसाद यादव जसपामा प्रवेश

भैरहवा बैशाख ९,

बुधबार नेपाली कांग्रेसको साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिएका रूपन्देहीका नेता मातृका यादव जनता समाजवादी पार्टीमा प्रवेश गरेका छन्।

नेपाली कांग्रेस रूपन्देहीका पूर्व क्षेत्रीय सभापति यादव शुक्रबार जनता समाजवादी पार्टीमा प्रवेश गरेका हुन्।

शुक्रबार भैरहवामा आयोजित कार्यक्रममा लुम्बिनी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री सहसराम यादवले उनलाई पार्टी प्रवेश गराएका हुन्। सिद्धार्थनगर नगरपालिकाको मेयरका लागि उम्मेदवार बन्ने चाहना राखेका यादव पार्टीले

 टिकट नदिएपछि असन्तुष्ट बनेका थिए।

उनले नेपाली कांग्रेसबाट राजीनामा दिँदा पार्टीले पूराना नेतालाई भन्दा नवप्रवेशीलाई प्राथमिकता दिएको प्रतिक्रिया दिएका थिए। यादवले दिएको राजीनामा स्वीकृत नहुँदै उनी जसपा प्रवेश गरेका हुन्।

उनी अब जसपाबाट सिद्धार्थनगरको मेयर उम्मेदवार बन्ने जनता समाजवादी पार्टीका नेता किस्मत विश्वकर्माले जानकारी दिए।


लुम्बिनी चिन्तन

थप समाचार