Logo
२०८३, कार्तिक ४ गते
images

ताजा अपडेट

Logo २०८३, कार्तिक ४ गते

निर्वाचन आयोगद्धारा ७५३ वटै स्थानीय तहमा निर्वाचन कार्यालय स्थापना


  • लुम्बिनी चिन्तन
  • बैशाख ८, २०७९ बिहिवार
  • 384
    SHARES

निर्वाचन आयोगद्धारा ७५३ वटै स्थानीय तहमा निर्वाचन कार्यालय स्थापना

भैरहवा बैशाख ८

निर्वाचन आयोगले ७५३ वटै स्थानीय तहमा निर्वाचन कार्यालय स्थापना गरेको छ । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई केन्द्रत गरेर आयोगले बिहीवार देशभरका ७५३ वटै स्थानीय तहमा निर्वाचन कार्यालय खोलेको हो ।

निर्वाचन आयुक्त ईश्वरीप्रसाद पौड्यालले सदरमुकाम बाहेकका ठाउँमा गउँपालिका तथा नगरपालिकाको कार्यालय नजिकै निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिने बताए । निर्वाचन आयोगका प्रवक्ता शालिकराम शर्मा पौडेलले निर्वाचन अधिकृतको कार्यालय स्थापनापछि उम्मेदवारको मनोनयनदेखि निर्वाचित भएको घोषणा समेत त्यही कार्यालयले गर्ने बताए । यसै बिच रुपन्देहीमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ ।

भैरहवास्थित बालमन्दिरमा बिहीबार एक कार्यक्रमका बीच रुपन्देहीका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारी र मुख्य निर्वाचन अधिकृत धनसिंह महराले उद्घाटन गरेका हुन् । सो अवसरमा बोल्दै प्रमुख जिल्ला अधिकारी तिवारीले बिहीबार देशैभरी मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्ने कार्यक्रम अनुसार रुपन्देहीमा पनि स्थापना गरिएको बताए । निर्वाचन आयोगले मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत नियुक्त गरेर प्रादेशिक रुपमा तालिमहरु सम्पन्न गरिसकेको र त्यो अनुसार सबै स्थानीय तहमा निर्वाचन अधिकृत पुगिसकेको बताए ।

सुरक्षाको व्यवस्थापन पूर्ण रुपमा सम्पन्न भइसकेको प्रजिअ तिवारीको भनाइ थियो । नेपाल सरकार गृह मन्त्रालयले निर्वाचनसम्बन्धी एकीकृत सुरक्षा तयार गरिसकेको र जिल्ला सुरक्षा समितिले पनि जिल्लाको एकीकृत सुरक्षा योजना तयार गरिसकेको बताए । मुख्य निर्वाचन अधिकृत धनसिंह महराले निर्वाचनमा आचारसंहिता पालना गर्नुपर्ने बताए । उनले आचारसंहिता पालना गर निर्वाचन सफलतापूर्वक सम्पन्न गर्न सकिने बताए । जिल्ला निर्वाचन कार्यालय रुपन्देहीका निर्वाचन अधिकारी अयोध्या प्रसाद भण्डारीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।,


लुम्बिनी चिन्तन

थप समाचार