भैरहवा बैशाख ६,
नेपाली काँग्रेसले रुपन्देहीको सिद्धार्थनगर नगरपालिका (भैरहवा) मा मेयर पदमा इस्तियाक अहमद खानलाई चुनावी मैदानमा उतार्ने भएको छ।
नगरमा आफ्नो विरासत फर्काउनका लागि काँग्रेसले समाजमा राम्रो छवी रहेको र राजनितिक क्षेत्रमा कुनै दाग नालगेको खानलाई चुनावी मैदानमा उतार्ने भएको हो।
संविधान सभा सदस्यसमेत रहेको खानलाई नगरको मेयर पदमा उम्मेदवार बनाउने निर्णय गरिएको नगरका सभापति कोशिश खड्काले जानकारी दिए।