Logo
२०८३, कार्तिक ४ गते
images

ताजा अपडेट

Logo २०८३, कार्तिक ४ गते

सिद्धार्थनगरमा स्वतन्त्र उमेदवारको प्यानल तयार , १० हजार मत ल्याउने दाबी ।


  • लुम्बिनी चिन्तन
  • बैशाख ४, २०७९ आइतवार
  • 5.4K
    SHARES

सिद्धार्थनगरमा स्वतन्त्र उमेदवारको प्यानल तयार , १० हजार मत ल्याउने दाबी ।


भैरहवा बैशाख ४ 
स्थानिय तह निर्वाचन मिति नजिकीदै जांदा चुनाबी चर्चा बढी हुन थालेको छ । चर्चा चलेपनि राप्रपाले बाहेक कुनै पनि राजनैतिक दलहरुले उमेदवारहरु छनौट गर्न सकेका छ्रैन्न् । नेपाली काग्रेस र नेकपा एमाले बाट मेयर , उपमेयर पदको आकान्क्षी घेरै भए संगै छनौट सकिएको छैन ।

राप्रपाले मात्र सागर प्रताव राणालाई मेयरको उमेदवारका रुपमा प्रचार प्रसारमा अगाडी बढाएको छ । माओबादी , एकिकृत समाजवादी, जनता समाजवादी पार्टी , जनमुक्तीपार्टी लगायतका राजनैतीक दलहरुले उमेदवार छनौट गर्न सकिरहेका छैन्न् । गठबन्धनमा अडकीएका दलहरुले पनि उमेदवारलाई छनौट गरेर अगाडी बढाउन सकिरहेका छैन्न । अर्को तिर सबै राजनैतीक दलहरुका असन्तुष्ठ पक्षहरुको मतसंग खेल्नका लागी नगरका सबै वडाहरुमा उमेदवार दिने गरी स्वतन्त्र उमेदवारहरुको प्यानल तयार भएको छ ।

सिद्र्थनगरको मेयर , उपमेयर , वडाअध्यक्ष र सदस्यहरुमा गरी ६७ जना उमेदवारको नामावली संकलन गर्ने देखी लिएर चुनाव चिन्ह छनौट गर्ने प्रकृयाका बारेमा कामहरु अगाडी बढाईएको मेयर पदमा स्वतन्त्र पदको उमेदवार दाबी गर्दै आएका स्वतन्त्र उमेदवार हरी बहादुर थापाले जानकारी दिनु भयो । स्वतन्त्र बाट मेयर पदको उमेदवार दिने निर्णयमा पुगेको हु स्वतन्त्रको प्यानल नै तयार हुने अवस्था छ त्यो अवस्थमा अग्रजहरुका लागी मेयर छाडेर उपमेयरमा बस्न पर्ने अवस्था पनि आउन सक्छ थापाले भन्नु भयो ।

हामीले अहिले आन्तरीक रुपमा निर्वाचन कार्यालयमा पुगी ६७ जना उमेदवारको लागी चुनाव चिन्ह छनौट गर्ने देखी लिएर जनता समक्ष जांदा लैजाने प्रतिबद्धता पत्रहरुमा समावेस गर्ने कार्यक्रमहरुको बारेमा सुझाव संकलन गर्ने लगायतका कामहरु गरीरहेका छौ । ६७ जना स्वतन्त्र उमेदवारको चुनाव चिन्ह छनौट गर्न हामीलाई अहिले कठीन भैरहेको छ थापाले भन्नु भयो ।  छिट्रै निर्वाचन प्रचारप्रसार कार्यालय राखी आप्ना प्रतिबद्धताहरु सार्बजनीक गर्ने देखी लिएर जनता समक्ष जाने कार्यक्रम तय गर्ने थापाले बताउनु भयो  ।


कसरी आउछ १० हजार मत ?


मेयर, उपमेयर, वडाअध्यक्ष र सदस्यगरी नगरमा ६७ जना उमेदवार रहने छन् । एक जना उमेदवारले १५ जना आप्ना निकट सहयोगी तयार गर्ने छन् । ६७ जना उमेदवारले प्रत्येकले १५।१५ जना सहयोगी बनाउदा स्वतन्त्र उमेदवारका पक्षमा प्रचार प्रसारमा हिड्नका लागी एक हजार ५ जना कार्यकर्ता तयार हुने छन् ।

ति १ हजार ५ जना कार्यकर्ताले आप्नौ घर परिवार , बिभिन्न पार्टीका असन्तुष्ठ पक्ष लगायतलाई समेटदा एक जनाले १० मत संकलन गर्ने छन् । १ हजार ५ जनाले प्रत्येकले कम्तीमा १० जना मतदाता तयार गर्दा १० हजार ५० मत संकलन हुने मेयरका दावेदार थापाले भन्नु भयो । सिदार्थनगरमा करीब ४८ मतदाता छन् । निर्वाचनमा कम्तीमा ३३ हजार मत खस्न सक्ने थापाको अनुमान छ ।

 

सिदार्थनगरले यस पटक सिस्टमले काम गर्ने मेयर खोजेको छ , थापा

सिदार्थनगर बासीले यस पटक नगर गफ भन्दा पनि काम गर्ने मेयर चाहेका छन्् ।  अनाबस्यक गफ नगर्ने , जनतालाई प्रलोभनमा पारेर आप्नौ स्वार्थ पुरा गर्ने भन्दा पनि सोच बिचारले नगरको बिकासमा लाग्ने उमेदवारको नगरवासीले चाएको थापाले बताउनु भयो ।

नगरलाई सिस्टममा चलाउनु पर्दछ सिस्टममा चल्नका लागी राजनैतिक दलहरु बाट निर्वाचित भएर आएर सिस्टम बसाल्न सकिदैन , सिस्टम बसाल्नका लागी स्वतन्त्र ब्याक्तीको आवस्यता पर्दछ थापाले भन्नु भयो । दल बाट निर्वाचित उमेदवारले दलकै भुमीकामा काम गर्नु पर्ने दवाव रहेकाले नगरको बिकासमा सम्भव नभएको थापाले बताउनु भयो ।

 


लुम्बिनी चिन्तन

थप समाचार