भैरहवा चैत्र २८,
स्थानिय तह निर्वाचनको मिति घोषणा भए संगै राजनैतिक दलहरु चुनावी अभियानमा छन् । सत्तारुढ दलहरु गठबन्धन गरेर निर्वाचनमा जाने बताईरहेका छन् भने प्रतिपक्ष दल नेकपा एमाले एकल निर्वाचनमा जाने या अन्य दलहरु संग समन्वय गरेर अगाढी बढ्ने भन्ने टुङ्गगो लागी सकेको छैन ।
अन्य राजनैतिक दलहरु पनि चुनाबी प्रचार प्रसारमा तिब्र रुपमा लागेका छन् । निर्वाचन नजिकिए संगै राजनैतिक दलमा आबद्धहरु पार्टीले उमेदवार सिफारीस गराउनका लागी दोडधुपमा छन् भने राजनीति प्रती आस्था भए पनि दलसंग नजोडिएकाहरु स्वातन्त्र रुपमा भए पनि निर्वाचनमा जानका लागी आन्तरीक रुपमा प्रचार प्रसारमा जुटेका छन् ।
यसै बिच ब्यावसायी हरी थापाले पनि सिदार्थनगर नगरपालीकाको मेयर पदको दाबी गर्नु भएको छ । सुरु देखीनै क्रिकेट खेलमा रुची राख्ने थापा प्रोफेसनल मास्र्टस ११ को अध्यक्ष हुदै अहिले रुपन्देही क्रिकेट संघको अध्यक्ष रहेका छन् ।
साईग्लोबल कलेज देखी बिभिन्न बिध्यालयहरुको संचालकको रुपमा लामो समय शैक्षिक क्षेत्रमा आबद्ध थापा पछिल्लो समय सुभओम कम्पनी द्धारा संचालीत होटल पौवामा आबद्ध छन् भने भैरहवा अटो कम्पनीको अध्यक्ष तथा बज अटो मोबाईल्स कम्पनीको प्रबन्ध निर्देशक रहेका छन् ।
सिदार्थनगर उधोग बाणीज्य संघको कार्यसमिती सदस्य समेत रहेका थापा बिभिन्न संघसंस्थाहरुमा समेत आबद्ध रहेका छन् । सिदार्थनगर नगरपालीकाको मेयर पदमा स्वतन्त्र उमेदवारको रुपमा अघी सरेका थापाले नगरमा मेयर पदको दाबी गर्नु भएको हो । आफुलाई मेयर पदमा निर्वाचीत गराए नगरको बिकासमा आफुले धेरैनै परिबर्तका कामहरु गरेर देखाउने उनको दाबी छ । मेरो चाहना सिद्धार्थनगरको बिकास हो सिद्धार्थनगरको बिकासका लागी नगरवासीको चाहना अनुसार काम गर्ने ब्याक्तीको आबस्यक छ त्यसका लागी मैले आफुलाई योग्य ठानेको छु थापाले भन्नु भयो ।
नगरलाई अनाबस्यक गफ गर्ने , जनतालाई प्रलोभनमा पारेर आप्नौ स्वार्थ पुरा गर्ने भन्दा पनि सोच बिचारले नगरको बिकासमा लाग्ने उमेदवारको आवस्यक रहेको थापाको भनाई छ । नगरलाई सिस्टममा चलाउनु पर्दछ सिस्टममा चल्नका लागी राजनैतिक दलहरु बाट निर्वाचित भएर आएर सिस्टम बसाल्न सकिदैन , सिस्टम बसाल्नका लागी स्वतन्त्र ब्याक्तीको आवस्यता पर्दछ थापाले भन्नु भयो । दल बाट निर्वाचित उमेदवारले दलकै भुमीकामा काम गर्नु पर्ने दवाव रहेकाले नगरको बिकासमा सम्भव नभएको थापाले बताउनु भयो ।