Logo
२०८३, कार्तिक ४ गते
images

ताजा अपडेट

Logo २०८३, कार्तिक ४ गते

राप्रपाद्धारा भैरहवामा बृहत आमसभा तथा पार्टी प्रवेश कार्यक्रम आयोजना, ठूला भ्रष्टाचार काँग्रेस, एमाले र माओवादी एक ः लिङ्देन


  • लुम्बिनी चिन्तन
  • चैत्र २१, २०७८ सोमवार
  • 352
    SHARES

राप्रपाद्धारा भैरहवामा बृहत आमसभा तथा पार्टी प्रवेश कार्यक्रम आयोजना, ठूला भ्रष्टाचार काँग्रेस, एमाले र माओवादी एक ः लिङ्देन

भैरहवा चैत्र २१,
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) जिल्ला कार्यसमिति रुपन्देहीको आयोजनामा भैरहवामा बृहत आमसभा तथा पार्टी प्रवेश कार्यक्रम भैरहवामा सम्पन्न भएको छ । 

raprapa photo.jpg
भैरहवास्थित खजहना चोकमा सम्पन्न कार्यक्रमलाई पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन, उपाध्यक्ष धु्रव प्रधान, वरिष्ठ नेता तथा पूर्वमन्त्री दीपक बोहरा, केन्द्रीय सल्लाहकार समितिका संयोजक तथा पूर्वमन्त्री निरञ्जन थापा, पार्टीका प्रवक्ता ज्ञानेन्द्र शाही, केन्द्रीय सदस्य रेखा थापा लगायत सम्बोधन गर्नु भएको थियो । 
कार्यक्रमलाई सम्बोधन गर्दै पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले यस पटकको निर्वाचनमा पार्टी जिताउनका लागी राप्रपालाई भोट दिन आग्रह गर्नु भयो ।े ठूला भ्रष्टाचार गर्दा काँग्रेस, एमाले र माओवादी पार्टी र तिनका शीर्ष नेताहरु एकै ठाउँ हुने गरेको आरोप लगाउदै लामो समय काँग्रेस, एमालेले मुलुकलाई बन्धक बनाए, भएका उद्योग धन्दा पनि बेचेर खाएको बताउनु भयो । तपाईं हामीलाई थाहा नै छ, बाहिर फरक पार्टी देखिए पनि ठूला भ्रष्टाचारमा एकै ठाउँ हुने गरेका छन् उहाले भन्नु भयो ।
बैंकमा पैसा नहुँदा लगानी खुम्चिएको छ ।‘बैंकले पैसा छैन भन्छ, राष्ट्रिय ऋण बढेको बढ्यै छ । प्रत्येक नागरिकको टाउकोमा ७० हजार ऋण छ । सबै विकास निर्माणका काम रोकिएका छन् उहाले भन्नु भयो । ३१–३२ वर्ष मुलुकमा शासन चलाएका दलहरुले नेपाली जनतालाई सपना र उद्देश्यबिहीन बाटोमा डोर्याउने काम गरेको बताउनु भयो । 

ssssss.jpg
अन्तर्राष्ट्रिय जगतमा नेपालको छवि ठीक नभएको बताउँदै उहाले आज शक्ति राष्ट्रहरुको रणनीतिक मुलुक नेपाल बनेको आरोप लगाउनु भयो । ‘हामीले ३१–३२ वर्षदेखि केही राजनीतिक दलका सीमित नेताहरुलाई भोट दिँदै आयौं, उनीहरुको चक्रव्युँमा फस्यौ । त्यसको कारण आज देश असफल राष्ट्र हुँदै छ । उहाले एक वर्षभित्र तीन तहको निर्वाचन हुने र त्यसमा ठुला दललाई ठीक पार्नुपर्ने धारणा राख्नु भयो । 
‘बैशाखमा स्थानीय तह र आउने हिउँदमा प्रदेश र संघको निर्वाचन हुँदैछ, यही बेला हो हामीले ती दललाई ठीक पार्ने’, उहाले भन्नु भयो । अब जनता सार्वभौम छ र आफ्नो विवेकले काम गर्छ, कुनै पार्टीको दाम्लोमा बाँधिएर बस्दैन भन्ने सन्देश आगामी निर्वाचनमा दिनुपर्ने उहाले बताउनु भयो  । अब पनि तिनै पार्टीलाई हेर्ने, भोट दिने भुल गरेमा आफ्नो भविष्यमाथि नै भुल गरेको हुने बताउनु भयो  । 
आमसभामा पार्टीका उपाध्यक्ष धु्वबहादुर प्रधान, प्रवक्ता ज्ञानेन्द्र शाही, केन्द्रिय सदस्य रेखा थापा, ताहिर अली, पूर्वमन्त्री निरंजन थापा, लुम्बिनी प्रदेश अध्यक्ष प्रदीप उदय, जिल्ला अध्यक्ष सागरप्रताप राणालगायतले बोल्दै राप्रपालाई एकपटक मुलुकको नेतृत्व गर्ने अवसर दिन आग्रह गरनु भयो । आमसभामा विभिन्न पार्टी परित्याग गरी राप्रपा प्रवेश गर्नेलाई अध्यक्ष लिङ्देनले टिका लगाएर स्वागत गरेको राप्रपा रुपन्देहीका उपाध्यक्ष अजयकुमार गुप्ताले जानकारी दिनु भयो । कार्यक्रम उपाध्यक्ष अजय कुमार गुप्ताको धन्यवाद ज्ञापनमा सम्पन्न भएको थियो ।


लुम्बिनी चिन्तन

थप समाचार