भैरहवा चैत्र १८
नेपाली कांग्रेस रुपन्देही क्षेत्र नं. ३ले सुक्रबार भैरहवामा एमसिसि अनुदान सम्झौताः भ्रम र यथार्थता’ विषयक प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ ।

प्रशिक्षण कार्यक्रमममा नेपाल राष्ट्र बैंकका पुर्व गभर्नर डा.चिरिञ्जीवि नेपालले सहभागीहरुलाई एम सि सि का बिषयमा प्रष्ट पानु भएको थियो । काग्रेस पार्टी कार्यालयमा आयोजित कार्यक्रममा रुपन्देही क्षेत्रनं ३ का सबै वडाहरुका वडा सभापतीहरु, गांउ र नगरपालीकाका प्रतिनीधीहरु लगायतको सहभागीता रहेको थियो ।
क्षेत्रीय सभापती सुशील गुरुङ्गको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपाली काग्रेसका केन्द्रीय सदस्य अब्दुल रज्जाकको प्रमुख आथित्यता तथा जिल्ला सभापति रामकृष्ण खांडको बिशिष्ठ आथित्यता रहेको थियो । कार्यक्रमम सुरेन्द्र जंग थापाको स्वागत तथा लेखनाथ भट्र्टराईको संचालनमा सम्पन्न भएको थियो ।
स्थानिय तह निर्वाचन नजीकिदै गरेको अवस्थामा जनता संग एम सि सि को भ्रम चिर्नका लागी पार्टी भित्र नेतृत्व दायि भुमीका खेल्ने नेतृत्वहरुलाई प्रशिक्षण दिईएको क्षेत्रीय सभापती सुशील गुरुङ्गले जानकारी दिनु भयो ।