भैरहवा चैत १३
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली १४ गते सोमबार भैरहवा आउने भएका छन् ।
कपिलवस्तुमा हुन लागेको बृहत पार्टी प्रबेश कार्यक्रममा जान लागेका ओली भैरहवामा समेत पार्टीको कार्यक्रममा प्रशिक्षण दिन र पार्टी प्रबेश गराउन आउन लागेको नेकपा एमाले सिद्धार्थनगर नगरकमिटीले जनाएको छ ।
पूर्व प्रधानमन्त्री समेत रहेका ओली बिहान भैरहवा आउने कार्यक्रम रहेको नेकपा एमाले सिद्धार्थनगर नगरकमिटीका अध्यक्ष चक्र बहादुर थापाले बताए ।
नेकपा एमाले सिद्धार्थनगर नगर कमिटीको आयोजनामा पार्टी प्रबेश तथा प्रशिक्षण कार्यक्रममा प्रमुख अतिथिकारुपमा पार्टीका अध्यक्ष ओलीले बैचारीक, राजनैतिक, समसामयीक प्रशिक्षण समेत दिने नगर अध्यक्ष थापाले बताए ।
नेकपा एमाले सिद्धार्थनगर नगरकमिटीका सचिव नारायण प्रसाद भण्डारीले अन्य पार्टी परित्याग गरि नेकपा एमाले प्रबेश गर्ने समेत कार्यक्रम रहेको बताए । उच्च स्तरकै नेताहरु प्रबेश गर्नुहुन्छ,उद्योगि, ब्यावसायी तथा राजनीतिमा सक्रिय ब्यक्ति प्रबेश गर्छन् भण्डारीले भने । ६ सय भन्दा बढी सिद्धार्थनगरमा अन्य पार्टीमा रहेका ब्यक्तिहरु एमालेमा प्रबेश गर्नुहुन्छ भण्डारीले भने ।
नेकपा एमाले अध्यक्ष केपी ओली भैरहवा आउने भएपछि अन्य पार्टी परित्याग गरि एमालेका कुनै नेता आउने अपेक्षाका साथ धेरैले चासोका साथ हेरेका छन् । एमाले अध्यक्ष ओली कपिलवस्तुमा ८ हजार भन्दा बढी अन्य पार्टीबाट एमालेमा प्रबेश गर्ने कार्यक्रमलाई लक्षित गरि आउन लागेका हुन् ।