Logo
२०८३, कार्तिक ४ गते
images

ताजा अपडेट

Logo २०८३, कार्तिक ४ गते

कांग्रेसले मात्रै मुस्लिम समुदायको अधिकार सुनिश्चित गर्छ ः पुर्ब राज्यमन्त्री रज्जाक


  • लुम्बिनी चिन्तन
  • चैत्र ७, २०७८ सोमवार
  • 940
    SHARES

कांग्रेसले मात्रै मुस्लिम समुदायको अधिकार सुनिश्चित गर्छ ः पुर्ब राज्यमन्त्री रज्जाक

भैरहवा चैत्र ७,
नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्व खानेपानी तथा सरसफाई राज्यमन्त्री अब्दुल रज्जाकले कांग्रेसले मात्रै मुस्लिम समुदायको अधिकार सुनिश्चित गर्ने बताएका छन् । 
उनले कांग्रेसको नेतृत्वमा बनेको नेपालको संविधानमार्फत मुस्लिम समुदायको छुट्टै पहिचान कायम गरिएको बताए । नेपाल मुस्लिम संघ, रुपन्देहीको तेस्रो जिल्ला अधिवेशनलाई सोमबार भैरहवामा उद्घाटन गर्दै नेता रज्जाकले कांग्रेस कमजोर भए मुस्लिम समुदायको हकअधिकार कमजोर हुने बताए । 
लोकतन्त्र नरहे कुनै अधिकार सुनिश्चित नहुने उनले बताए । कांग्रेस मजबुत रह्यो मात्रै संविधान रहने उनले दावी गरे । कार्यक्रममा बोल्दै नेपाली कांग्रेस रुपन्देहीका सभापति रामकृष्ण खाँणले कम्युनिष्ट पार्टीले मुस्लिम समुदायलाई महत्वपूर्ण पदमा अवसर नदिएको बताए । 
त्यस्तै कांग्रेसका युवा नेता तथा लुम्बिनी प्रदेश सरकारका शिक्षा, विज्ञान, युवा तथा खेलकुद मन्त्री वसिउद्दीन खाँले मुस्लिम समुदायलाई कांग्रेसले उच्च मुल्यांकन गरेको बताए । कांग्रेस रुपन्देहीका उपसभापति थानेश्वर घिमिरेले कांग्रेसले सबैलाई समेट्ने बताए । 
कांग्रेस रुपन्देही क्षेत्र नम्बर ३ का सभापति सुशिल गुरुङले कम्युनिष्ट शासन भएको मुलुकमा मुस्लिम समुदायको सम्मान नभएको बताए । नेपाल मुस्लिम संघका केन्द्रीय सचिव मोहम्मद सफिक मुसलमानले कांग्रेसले निर्वाचन जित्दा सम्पूर्ण मुस्लिम समुदायले जित्ने बताए । 
मुस्लिम संघका केन्द्रीय वरिष्ठ सल्लाहकार अहमद मिया हुसेनले एमसीसीबारे रहेको भ्रम चिर्न आवश्यक रहेको बताए । मुस्लिम संघ मायादेवी गाउँपालिका सभापति सुल्ताने आलमले आगामी स्थानीय तहको निर्वाचनमा कांग्रेसलाई सम्पूर्ण स्थानीय तहमा विजयी गराउनुपर्ने बताए । 
मोहम्मद महमुद आलमको अध्यक्षता तथा सचिव सब्बीर मियाको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । अधिवेशनले नयाँ नेतृत्व चयन गर्ने संघले जनाएको छ ।


लुम्बिनी चिन्तन

थप समाचार