Logo
२०८३, कार्तिक ४ गते
images

ताजा अपडेट

Logo २०८३, कार्तिक ४ गते

राप्रपाद्वारा रोहिणी र शुद्धोधनमा टोल कमिटी गठन


  • लुम्बिनी चिन्तन
  • फाल्गुण ३०, २०७८ सोमवार
  • 404
    SHARES

राप्रपाद्वारा रोहिणी  र शुद्धोधनमा टोल कमिटी गठन

भैरहवा, ३० फागुन ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले रुपन्देहीको रोहिणी गाउँपालिका वडा नम्बर ६ स्थित ललितपुर पकडिहवामा टोल समिति गठन गरेको छ । जमीन अलि अन्सारीको अध्यक्षता ३१ सदस्यीय टोल समिति तथा उर्मिला हरिजनको अध्यक्षतामा ३१ सदस्यीय महिला चुनाव प्रचारप्रसार समिति गठन गरिएको राप्रपाले जनाएको छ ।

r 2.jpg

जय करन चौधरीको अध्यक्षता, राप्रपाका सहायक महामन्त्री ताहिर अलीको प्रमुख आतिथ्यता तथा सीताराम सिंहको विशिष्ट आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।

यसै गरि राप्रपाले रुपन्देहीको शुद्धोधन गाउँपालिका वडा नम्बर ५ स्थित रेहरामा टोल कमिटी गठन गरेको छ ।

दिपेन्द्र चौधरी अध्यक्ष र सृजना थारुको उपाध्यक्ष रहेको १७ सदस्यीय टोल कमिटी गठन गरिएको राप्रपाले जनाएको छ ।

कार्यक्रममा राप्रपा क्षेत्र नम्बर ३ का सचिव शंकर कार्की, क्षेत्र नम्बर ३ (ख) का सदस्य बेग बहादुर घिमिरे, जंग बहादुर थारु, शुद्धोधन गाउँपालिका कमिटी अध्यक्ष पुष्पराज थारु, फुलमान थारु, दीपक बस्याल, पुष्पेन्द्र चौधरी, सुर्य थारु लगायतको उपस्थिति रहेको थियो ।


लुम्बिनी चिन्तन

थप समाचार