भैरहवा फागुन २०,
गृहमन्त्री बालकृष्ण खाँणले स्थानीय निर्वाचनका लागि सरकारले मिति घोषणा गरिसकेको बताउँदै तोकिएको समयमा नै निर्वाचन हुने बताएका छन् ।
उनले सरकारले स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन गराउने दावीसमेत गरे । शुक्रबार भैरहवास्थित पक्लिहवा माध्यमिक विद्यालयको ६३औं वार्षिकोत्सव समारोह तथा भवन शिलान्यास गर्दै मन्त्री खाँणले भने, ‘त्यसका लागि सबै राजनीतिक तलहरुले स्वस्थ प्रतिस्पर्धा गर्ने सरकारको विश्वास छ ।’ खाँणले मुलुक संघीय लोकतान्त्रिक गणतन्त्रबाट पछाडि फर्किन नसक्ने समेत बतए ।
उनले संविधानमा केही कमीकमजोरी भए त्यसलाई सुधार्न र परिस्कृत गर्न सकिने बताउँदै संघीयताबाट पछि हट्न भने नसक्ने प्रष्ट पारे । मन्त्री खाँणले राष्ट्रिय राजनीतिको मूल धारमा नआएका दलहरुलाई पनि मूल धारमा आउन आग्रह गरे । उनले हिंसा फैलाउने गतिविधि नगर्न सबैलाई आग्रहसमेत गरे । खाँणले भर्खरै एमसीसी पारित गर्ने क्रममा सहयोग पुर्याउने सबै धन्यवादको पात्र भएको बताए ।
उनले नेपालको शिक्षा क्षेत्रमा पक्लिहवा माविले ठूलो टेवा पुर्याएको जनाए । खाँणले विद्यालयको भौतिक पूर्वाधार विकासमा आफूले शिक्षा मन्त्रालय मार्फत पहल गर्ने आश्वासन दिए । विद्यालय व्यवस्थापन समिति अध्यक्ष सुशील गुरुङले पक्लिहवा माविलाई उत्कृष्ट बनाउन सबै लागिपरेको बताउँदै आगामी दिनमा पनि यसलाई निरन्तरता दिने बताए । यस क्षेत्रकै सबैभन्दा जेठो मध्येको विद्यालय भएको जनाउँदै उनले शैक्षिक सुधार, पूर्वाधार निर्माणसँगै गुणस्तरीयता कायम गर्न व्यवस्थापन समितिले काम गरिरहेको बताए ।
कार्यक्रममा प्रदेस सरकारका खेलकुद मन्त्री वसिउद्धिन खां , सिदार्थनगर नगरपालीकामा मेयर हरि प्रसाद अधिकारी , बिध्यालयका प्रिन्सीपल बसन्त कुमार बस्नेत , कृषि क्याम्पसका उपप्राध्यापक शैलेस गुरुड., ब्यावस्थापन समितीका पुर्ब अध्यक्ष मोहन सिंह आले , वडानं १ का वडाअध्यक्ष रमेश मल्ल लगायतले शुभकामना मन्तब्य राखेका थिए ।
कार्यक्रममा बिध्यालयका सहायक प्रध्यानाध्यापक शेर बहादुर थापा को स्वागत तथा शिक्षक द्धय शान्ती पुन र अमृता पन्थको संचालनमा सम्पन्न भएको थियो । कार्यक्रममा बिध्यार्थीहरुलाई पुरस्कार बितरण गरिएको थियो ।