काठमाडौँ —
सरकारले प्रतिनिधिसभामा पेस गरेको एमसीसी सम्झौताको सैद्धान्तिक छलफल सकिएको छ । छलफल सकिएपछि सभामुख अग्निप्रसाद सापकोटाले अर्को बैठक साढे ६ बजे डाकेका छन् ।
अर्थमन्त्री जनार्दन शर्माले बैठकमा एमसीसीमाथिको सैद्धान्तिक छलफलका लागि बैठकमा प्रस्तुत गरेका थिए । बैठकमा विभिन्न दलका सांसदहरूले धारणा राखेका थिए ।