Logo
२०८३, कार्तिक ४ गते
images

ताजा अपडेट

Logo २०८३, कार्तिक ४ गते

एमाले फेरि आउँछ : केपी ओली


  • लुम्बिनी चिन्तन
  • फाल्गुण ११, २०७८ बुधवार
  • 464
    SHARES

एमाले फेरि आउँछ : केपी ओली

भैरहवा फागुन ११

 

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा एमाले फेरि आउने बताएका छन् । बुधबार ओलीको ७१ औं जन्मोत्सवका अवसरमा ‘समवेत दृष्टि’ नामक पुस्तक लोकार्पण कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले आफु देश र जनताकै लागि संघर्ष गरिरहेको र जनताकै बलमा एमाले अध्यक्ष र प्रधानमन्त्री समेत भएको भन्दै एमालेमाथि अहिले जालझेल भएपनि जनताले पुन एमालेलाई नै ल्याउने दावी गरे ।

‘देश र जनताका लागि बनेको पार्टी भएकाले एमालेलाई फेरि जनताले नै राज्य सञ्चालन गर्ने ठाउमा पुर्याउनेछन्’ आफु जेलमा पर्दा पनि जनताले नै निकालेको भन्दै उनले जनताको आर्शिवाद सबैभन्दा ठुलो भएको बताए । कसैले एकछिन गुटहरु मिलेर जालझेल गरेर एमालेलाई लडाउन खोजेपनि जनताको साथका कारण एमाले पुन उठ्ने ओलीको भनाइ छ ।

 

आफ्नो मनोबल नखस्केको भन्दै उनले नभएको कुरामा चिन्ता गरेर कमजोर हुने काम आफुले नगरेको बताए । ‘मैले चिन्ता होइन, संकल्प लिन्छु, पार्टी म सँग छ, नेता, कार्यकर्ता र जनता छन् । बाँकी जिन्दगी देशप्रति अटुट रहन्छ’, ओलीको भनाइ छ ।    

 

त्यसक्रममा उनले एमालेले नै नीतिगत रुपमा देशलाई मार्गदर्शन गरेको भन्दै एमालेले सुत्रवद्ध गरेका नीति नै नेपालको परराष्ट्र नीतिमा परिणत भएको बताए ।  ‘७० वर्ष पुरा भएर ७१ लागियो, यो राम्रो हो कि नराम्रो हो, बढ्दै जाँदाको जन्मदिन आउदा अर्कै हुँदोरहेछ तर ढल्कँदै जाँदा फेरि अर्कै हुँदोरहेछ’, आफ्नो जन्मदिनबारे शुभकामना दिने सबैलाई धन्यवाद दिदै सुरुमै ओलीले टिप्पणी गरे । त्यसक्रममा उनले आफ्नो ७० वर्षे जीवनकालमा भोगेका र अनुभव गरेका कुराहरूको स्मरण गर्दै सबैको साथले आफु यो अवस्थामा पुगेको बताए । उनले त्यसमा जनताको शुभकामना र साथ सबैभन्दा महत्वपूर्ण रहेको बताए । 

 

पुस्तक लोकार्पण कार्यक्रममा वरिष्ठ साहित्यकार स्नेह सायमी, गायिका आनी छोइङ डोल्मा कुटनीतिज्ञ नीलाम्बर आचार्य लगायतको उपस्थिति रहेको थियो । ओलीका मन्तव्य तथा विचारहरूको अंश ‘समवेत दृष्टि’ पुस्तकमा समेटिएको छ । ओलीको ७१ औं जन्मोत्सवको अवसर पारेर उक्त पुस्तक उनी, पिता मोहनप्रसाद र पत्नी राधिका शाक्यले  संयुक्तरूपमा लोकार्पण गरे । संजय खड्का र लोग्सरी कुँवरको संकलन र सम्पादन रहेको उक्त पुस्तकमा ओलीले प्रधानमन्त्री र पार्टी अध्यक्षका रूपमा विभिन्न कार्यक्रम तथा अन्तर्वार्तामा व्यक्त गरेका विचारका अंश समेटिएका छन् ।

 


लुम्बिनी चिन्तन

थप समाचार