Logo
२०८३, कार्तिक ८ गते
images

ताजा अपडेट

Logo २०८३, कार्तिक ८ गते

राप्रपा रुपन्देहीको स्थानीय तह निर्वाचन लक्षित कार्यक्रम तिब्र


  • लुम्बिनी चिन्तन
  • फाल्गुण ८, २०७८ आइतवार
  • 372
    SHARES

राप्रपा रुपन्देहीको स्थानीय तह निर्वाचन लक्षित कार्यक्रम तिब्र


भैरहवा फागुन ८
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) रुपन्देहीले स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै आफ्नो कार्यक्रम केन्द्रीत गरेको छ । पछिल्लो समय पार्टीले जिल्लाका विभिन्न स्थानमा पार्टी प्रवेश कार्यक्रम तथा संगठन विस्तारलाई तीव्रता दिएको छ । 

qqq.jpg
गत स्थानीय तहको निर्वाचनमा राप्रपाले रोहिणी गाउँपालिका उपाध्यक्षसहित सिद्धार्थनगर नगरपालिका, रोहिणी, ओमसतिया, सियारी गाउँपालिकाका विभिन्न पदमा विजय हासिल गरेको थियो । राप्रपाबाट निर्वाचित भइ विभिन्न पटक महत्वपूर्ण मन्त्रालयको जिम्मेवारी सम्हालिसकेका पूर्वमन्त्री दीपक बोहराको गृह जिल्ला समेत रहेको रुपन्देहीमा आगामी वैशाख ३० गते हुने निर्वाचनमा विभिन्न स्थानमा जित निकाल्ने गरी पार्टीले कार्यक्रम अघि बढाएको देखिन्छ । 
रुपन्देहीमा विभिन्न पार्टी परित्याग गरी राप्रपामा प्रवेश गर्नेको संख्या बढ्दै गएको पार्टीका रुपन्देही जिल्ला उपाध्यक्ष तथा जिल्ला निर्वाचन परिचालन समितिका संयोजक अजय कुमार गुप्ताले बताए । पार्टीमा दिनप्रतिदिन विभिन्न नेता कार्यकर्ताको प्रवेश तथा संगठन विस्तारले राप्रपा अझ बलियो हुँदै गएको उनको भनाइ छ । यसैबीच सिद्धार्थनगर नगरपालिका वडा नम्बर ७ मा विभिन्न पार्टी परित्याग गरी ३४ जना राप्रपामा प्रवेश गरेका छन् । 
राप्रपा सिद्धार्थनगर–७ समितिले आयोजना गरेको कार्यक्रममा पार्टीका रुपन्देही जिल्ला अध्यक्ष तथा पूर्व नगरप्रमुख सागर प्रताप राणा, लुम्बिनी प्रदेश सदस्य विश्वप्रकाश श्रेष्ठ, जिल्ला उपाध्यक्ष अजय कुमार गुप्ता, सचिव बलराम शर्माले नवप्रवेशीहरुलाई स्वागत गरेका थिए । कार्यक्रममा राप्रपा क्षेत्र नम्बर ३ (क) अध्यक्ष अर्जुन थापा, सिद्धार्थनगर अध्यक्ष चन्द्र भक्त श्रेष्ठ, नगर सचिव प्रकाश ढाडी, युवक संगठनका अध्यक्ष शंकर खत्री लगायतको उपस्थिति रहेको थियो । 
यसैबीच सिद्धार्थनगर– ७  मा पार्टीले टोल समिति गठन गरेको छ । राजेश शर्माको संयोजकत्वमा पंच पथ, लक्ष्मी यादवको संयोजकत्वमा राम जानकी मन्दिर लाइन, विजय बनियाको संयोजकमा दुर्गा मन्दिरलाइन गरी ७÷७ सदस्यीय टोल समिति गठन गरिएको पार्टीले जनाएको छ । 
त्यस्तै सिद्धार्थनगर–९ स्थित गोनहियामा बुद्धि सागर तेलीको संयोजकत्वमा १३ सदस्यीय टोल समिति गठन गरिएको छ । कार्यक्रममा राप्रपाका युवा नेता प्रभात ज्ञवाली, नेताद्वय नसरुद्दीन पठान, सलाहुद्दीन पठानको उपस्थिति रहेको थियो । त्यसै गरी शुद्धोधन गाउँपालिका वडा नम्बर २ स्थित महुवारीमा मिथुन थारुको संयोजकत्वमा १५ सदस्यीय टोल समिति गठन गरिएको छ । 
राप्रपा गाउँपालिका अध्यक्ष पुष्प थारु तथा वडा कमिटी अध्यक्ष मोहन थारुको उपस्थितिमा टोल गठन गरिएको हो । सिद्धार्थनगर नगरपालिका वडा नम्बर १ मा विष्णु थापाको संयोजकत्वमा ११ सदस्यीय वडा महिला संगठन गठन गरिएको छ । कार्यक्रममा राप्रपा सिद्धार्थनगर महिला संगठन संयोजक सुमित्रा विक लोहनी, राप्रपा नगर उपाध्यक्ष संगिता गुरुङ, सचिव अर्पना मल्ल लगायतको उपस्थिति रहेको थियो ।

 


लुम्बिनी चिन्तन

थप समाचार