Logo
२०८३, कार्तिक ८ गते
images

ताजा अपडेट

Logo २०८३, कार्तिक ८ गते

एमसीसीमा सहमतिका लागि गठबन्दनको अन्तिम प्रयास


  • लुम्बिनी चिन्तन
  • फाल्गुण ८, २०७८ आइतवार
  • 542
    SHARES

एमसीसीमा सहमतिका लागि गठबन्दनको  अन्तिम प्रयास

काठमाडौं । एमसीसीमा सहमति जुटाउने प्रयासस्वरुप आज सत्तागठबन्धनको ‘निर्णायक बैठक’ प्रधानमन्त्रीनिवास बालुवाटारमा बस्दैछ । संसद बैठक बस्नुअघि नै एमसीसीबारे गठबन्धनका दलहरुबीच सहमति जुटाउने प्रयासस्वरुप बैठक बस्न लागेको हो । 

संसद बैठक दिउासो १ बजेका लागि डाकिएको छ भने सत्तागठबन्धनको बैठक १० बजे बोलाइएको छ । शुक्रबार नै गठबन्धनको निर्णायक बैठक हुने भनिए पनि नेकपा एसले समय मागेका कारण आजसम्मका लागि स्थगित गरिएको थियो ।

 नेकपा एसको हिजो बसेको स्थायी कमिटी बैठकले एमसीसी संसदमा टेबल हुनपर्ने तर त्यसको पक्षमा मतदान नगर्ने निर्णय गरेको छ । सत्ताघटक माओवादी केन्ऽले यथास्थितिमा एमसीसी अनुमोदन भए सरकारबाटै बाहिरिने निर्णय गरिसकेको छ । तर पछिल्लो समय माओवादी पनि एमसीसीको पक्षमा लचिलो भएको बुझिएको छ ।

 आजको संसदको सम्भावित कार्यसूचीमा एमसीसीको विषय राखिएको छैन । संसद बैठकअघि बस्ने कार्यव्यवस्था परामर्श समितिको बैठकले संसद बैठकको अन्तिम कार्यसूची तय गर्नेछ ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले भने संसद अवरोध कायमै राख्ने जनाएको छ ।


लुम्बिनी चिन्तन

थप समाचार