भैरहवा । रुपन्देहीको मोतिपूर औद्योगिक क्षेत्रको अर्थमन्त्री महासचिव बिष्णु पौडेलले शिलान्यास गरेका छन । स्थानियको विरोधकाबीच अर्थमन्त्री पौडेल र उद्योगमन्त्री लेखराज भट्टले मोतिपुर औद्योगिक क्षेत्रको शिलान्यास गरका हुन । शिलान्यास कार्यक्रमलाई अवरोध गर्न मोतिपुर क्षेत्रका स्थानियले कार्यक्रम स्थलमा विहानैदेखी प्रदर्शन गरेका थिए । बाक्लो सुरक्षाकर्मीको माझ पुगेका अर्थमन्त्री विष्णु पौडेलको गाडी माथि स्थानिले ढुंगा प्रहार गरेका थिए ।
औद्योगिक क्षेत्रको सिलान्यासको तयारी पछि स्थानीयले आफूहरुको भोगचलनमा रहेको जग्गामा औद्योगिक क्षेत्र बनाउन लागिएको भन्दै बिरोध गरेका थिए । करिव ८ सय विगाहामा निर्माण गर्न लागिएको मोतिपूर औद्योगिक क्षेत्रमा आफूहरुले भोगचलन गर्दै आएको जग्गा समेत पर्नेभएपछि स्थायनीले त्यसको बिरोध गर्दै आएका थिए । शुक्रबार सिलान्यासको तयारी भएपछि स्थानीयले बिहानै देखि त्यस क्षेत्रमा नारावाजी गरेका थिए । प्रहरी घेराभित्र रहेर मन्त्री पौडेलले सिलान्यास गरिरहँदा बाहिर चर्को नारावाजी भएको थियो । आक्रोशित स्थानिले विजुलीको लाइन काटिदिएपछि पौडेल सम्बोधन बीचमै रोकेर निस्कनुपरेको थियो । कार्यक्रम सकेर निस्कदाँ पनि पौडेल चढेको गाडीमा स्थानियले ढुंगा प्रहार गरेका थिए । कार्यक्रम सकिए लगत्तै स्थानिले शिलान्यस स्तम्भ तोडफोड गरेका थिए ।
औद्योगिक क्षेत्र सिलान्यासका लागि त्यस क्षेत्रमा पुगेका मन्त्री पौडेलले प्रहरी घेराभित्रबाट स्थानीयको भिड छिचोलेर सिलान्यास स्थलमा पुग्नु भएको थियो । सिलान्यासपछि सम्बोधन गर्न पोडियममा पुगेका पौडेललाई लक्षित गरेर मञ्चमै ढुंगा प्रहार भएपछि मन्त्री पौडेलले मञ्च छोडेर भाग्नु परेको थियो । ढुंगा प्रहारबाट प्रहरी र स्थानीय गरि १२ जना भन्दा बढी घाईते भएका छन् ।
सिलान्यास कार्यक्रममा उद्योगमन्त्री लेखराज भट्टले बिकास निर्माणमा अवरोध नगर्न आग्रह गर्दै मोतिपूरमा बिरोध हुन्छ भने सुदुरपश्चिममा स्वागत गरिने बताए । त्यस्तै औद्योगिक क्षेत्र व्यबस्थापन लिमिटेडका अध्यक्ष नन्दबहादुर बस्नेतले औद्योगिक क्षेत्रको बारेमा जानकारी गराएका थिए ।
आँफूहरुले जोतभोग गरेको जग्गा औद्योगिक क्षेत्रको नाममा गएको भन्दै मोतिपुर क्षेत्रका स्थानिले सुरुदेखी नै विरोध जनाउँदै आएका थिए । शिलान्यास कार्यक्रम तय भएपछि जसरी पनि अवरोध गर्ने चेतावनी दिएका थिए । विहिबार राती कार्यक्रम स्थलको मञ्च समेत उनीहरुले भत्काइदिएका थिए ।