Logo
२०८३, कार्तिक ८ गते
images

ताजा अपडेट

Logo २०८३, कार्तिक ८ गते

शोकप्रस्ताव पारित गरेर सकियो संसद् बैठक, अर्को बैठक शुक्रबार


  • लुम्बिनी चिन्तन
  • फाल्गुण ४, २०७८ बुधवार
  • 396
    SHARES

भैरहवा फागुन ४

प्रतिनिधिसभाको बैठक शोकप्रस्ताव पारित गरेर सकिएको छ। बैठकमा कानुनमन्त्री दिलेन्द्र बडूले थारू आयोगको प्रतिवेदन पेस गरेका थिए। बैठकले संविधानसभा सदस्य जगतबहादुर ताजपुरिया, पूर्वसांसदहरू लक्ष्मीदास मानन्धर र दुमनसिंह थापाको निधनमा शोकप्रस्ताव पारित गरेको छ।

आजको बैठक सुरु हुना साथ प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का सांसदहरूले नाराबाजी गरेका थिए। सभामुख सापकोटाले लामो समयदेखिको अवरोधले संसद्को काम प्रभावित भएको भन्दै बैठक सञ्चालनमा सहयोग गर्न आग्रह गरेका थिए। तर, एमाले सांसदहरूले संसद्को सर्वोच्चता कायम गर्न माग गर्दै नाराबाजीलाई निरन्तरता दिएका थिए।

प्रतिनिधिसभाको अर्को बैठक फागुन ६ गते शुक्रबार दिउँसो १ बजेका लागि बोलाइएको छ।


लुम्बिनी चिन्तन

थप समाचार