Logo
२०८३, कार्तिक ८ गते
images

ताजा अपडेट

Logo २०८३, कार्तिक ८ गते

राप्रपा रुपन्देहीद्धारा कमिटी विस्तारलाई तिब्रता ।


  • लुम्बिनी चिन्तन
  • फाल्गुण ४, २०७८ बुधवार
  • 266
    SHARES

राप्रपा रुपन्देहीद्धारा कमिटी विस्तारलाई तिब्रता ।

भैरहवा, ५ फागुन ।

स्थानीय तहको निर्वाचन घोषणासंगै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) रुपन्देहीले संगठन विस्तारको कामलाई अगाडि बढाएको छ ।

पार्टीले मंगलबार सिद्धार्थनगर नगरपालिका तथा शुद्धोधन गाउँपालिकाका विभिन्न वडाहरुमा टोल समिति गठन गरिएको राप्रपा रुपन्देही जिल्ला उपाध्यक्ष तथा निर्वाचन परिचालन समिति संयोजक अजय कुमार गुप्ताले बताए ।

एनका अनुसार सिद्धार्थनगर–९ स्थित उदयपुरमा जगन्नाथ यादवको अध्यक्षतामा २३ सदस्यीय टोल समिति गठन गरिएको छ । राप्रपाका युवा नेताद्वय कृष्ण अर्याल र प्रभात ज्ञवालीको विशेष पहल तथा सक्रियतामा टोल समिति गठन कार्यक्रममा स्थानीय युवाहरुको उल्लेखनीय सहभागिता रहेको पार्टीले जनाएको छ ।

सिद्धार्थनगरका वांकी वडा तथा टोलमा समेत कमिटी गठन गरी पार्टीको कामलाई सहज बनाउने र जनतासम्म पुग्ने उपाध्यक्ष गुप्ताले बताए ।

पार्टीले कमिटी विस्तारको कामलाई रुपन्देहीका सबै पालिकामा पुर्याउने उद्देश्य अनुरुप रुपन्देहीको शुद्धोधन गाउंपालिका–२ स्थित राधाकृष्ण टोलमा फेकु थारुको संयोजकत्वमा १५ सदस्यीय टोल समिति गठन गरिएको छ । त्यसै गरी शुद्धोधन गाउंपालिका–४ स्थित फर्साटिकरमा राम बहादुर थारुको संयोजकत्वमा १५ सदस्यीय टोल समिति गठन गरिएको छ । राप्रपा शुद्धोधन गाउंपालिका अध्यक्ष पुष्प थारु, प्रदेशसभा ३ (ख) अध्यक्ष प्रेम बहादुर कुवर, संसदीय क्षेत्र नम्बर ३ का सचिव शंकर कार्की, शुद्धोधन वडा नम्बर २ का अध्यक्ष ओम पौडेल, ४ का अध्यक्ष पल्टन थारु लगायतको विशेष पहल तथा सक्रियतामा टोल समिति गठन गरिएको पार्टीले जनाएको छ ।


लुम्बिनी चिन्तन

थप समाचार