Logo
२०८३, कार्तिक ४ गते
images

ताजा अपडेट

Logo २०८३, कार्तिक ४ गते

रुपन्देहीका दुई पालिकाका निर्वाचित अध्यक्ष सहितका जनप्रतिनिधि एमाले प्रवेश ।


  • लुम्बिनी चिन्तन
  • फाल्गुण २, २०७८ सोमवार
  • 870
    SHARES

रुपन्देहीका दुई पालिकाका निर्वाचित अध्यक्ष सहितका जनप्रतिनिधि एमाले प्रवेश ।


 भैरहवा फागुन २

रूपन्देहीका दुई गाउंपालिका प्रमुख नेकपा एमाले प्रवेश गरेका छन् । जिल्लाको ओमसतिया गाउंपालिका प्रमुख हिरा केवट ‘राहुल’, उपप्रमुख सुन्दरीमती कुमारी हरिजन र रोहिणी गाउंपालिकाका प्रमुख सनोज कुमार यादव एमालेमा प्रवेश गरेका हुन् ।

उनीहरु सहित अन्य जनप्रतिनिधि, राप्रपाका जिल्ला सदस्य लगायत ठुलो संख्या एमाले प्रवेश गरेको एमाले रुपन्देहीका अध्यक्ष तेजेन्द्र केशीले बताए ।

तराईको राजनीतिमा प्रभावशाली नेता कार्यकतासहित उनीहरूलाई नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेलले पार्टीमा स्वागत गरेका हुन् । केवट र हरिजन माओवादी केन्द्र निर्वाचित अध्यक्ष र उपाध्यक्ष हुन् । त्यस्तै यादव तत्कालीन मधेशी जनअधिकार फोरम हालको जनता समाजवादी पार्टी (जसपा) बाट निर्वाचित अध्यक्ष हुन् । एमाले रुपन्देही धकधईमा विशाल कार्यक्रम गरी उनीहरुलाई पार्टीमा स्वागत गरेको हो । ओमसतियाको सिंगो माओवादी कमिटी १ हजार २ सय सदस्य सहित एमालेमा प्रवेश गरेको अध्यक्ष केसीले जानकारी दिए । अध्यक्ष, उपाध्यक्ष र वडाध्यक्ष सहित विभिन्न पार्टी परित्याग गरी एमालेमा प्रवेश गराउदै उपाध्यक्ष पौडेलले २०७४ मा जस्तै एमालेको देशव्यापी जनलहर बढेको बताए ।


लुम्बिनी चिन्तन

थप समाचार