Logo
२०८३, कार्तिक ८ गते
images

ताजा अपडेट

Logo २०८३, कार्तिक ८ गते

शक्ति गौचनले बुवाको स्मृतिमा आयोजना गर्दै आईरहेको अण्डर–१६ राष्ट्रिय क्रिकेट प्रतियोगिता फागुनमा हुने ।


  • लुम्बिनी चिन्तन
  • माघ १५, २०७८ शनिवार
  • 168
    SHARES


भैरहवा माघ १३,
पूर्व राष्ट्रिय क्रिकेट खेलाडी शक्ति प्रसाद गौचनले आफ्ना बुवाको स्मृतिमा आयोजना गर्दै आईरहेको अण्डर–१६ राष्ट्रिय क्रिकेट प्रतियोगिता यसपटक फागुनमा सरेको छ । 
प्रत्येकवर्ष माग १४ गतेदेखि सुरु गरिने प्रतियोगिता यस पटक कोरोना कहरका कारण मिति सारिएको संस्थापक शतिm गौचनले जानकारी दिए ।  शक्तिका बुवा स्व. खड्गप्रसाद गौचनको स्मृतिमा ‘खड्गप्रसाद गौचन स्मृति अण्डर–१६ राष्ट्रिय क्रिकेट प्रतियोगिता’ हुन लागेको हो । गौचनको स्वामीत्व रहेको स्टार क्रिकेट एकेडेमीको आयोजनामा हुने प्रतियोगिता चौथो संस्करणको हो । 
आगामी फागुन १ देखि १३ गतेसम्म हुने प्रतियोगितामा देशभरका १० क्रिकेट एकेडेमीहरु सहभागी हुने गौचनले जानकारी दिए । प्रतियोगितामा स्टार क्रिकेट एकेडेमीसहित धनगढी, साई ग्लोबल, देउखुरी, विराटनगर, ओषिस, पोखरा, काशी नोबल एकेडेमी र न्यु होरोइजन स्पोर्टस् क्लबको सहभागिता रहने छ । 
प्रतियोगितामा विजयी टीमले नगद २० हजार र ट्रफी प्राप्त गर्ने छन् । यस्तै, उपविजेतालाई १० हजार रुपैयाँ प्रदान गरिने गौचनले जानकारी दिए । प्रतियोगिता भैरहवास्थित सिद्धार्थ रंगशाला वा ओमसतियास्थित कर्मडाँडामा हुने उनले बताए । यसअघि शक्तिका बुवा खड्गप्रसादको निधन भएको दिन माघ १४ गतेबाट प्रतियोगिता हुँदै आएकोमा यस वर्ष भने कोरोना महामारीका कारण पछि धकेलिएको हो ।

 


लुम्बिनी चिन्तन

थप समाचार