भैरहवा माघ १२
राष्ट्रियसभा सदस्य निर्वाचनमा लुम्बिनी प्रदेशबाट सत्तारुढ गठबन्नका तीन उम्मेदवार विजयी भएका छन् ।
बुधबार भएको मतदानमा नेपाली कांग्रेसका युवराज शर्मा, नेकपा एकीकृत समाजवादीकी राजेन्द्रलक्ष्मी गैरे राष्ट्रिय जनमोर्चाका तुलप्रसाद विश्वकर्मा निर्वाचित भएका छन् ।
त्यस्तै नेकपा एमालेका उम्मेदवारहरु रामदयाल गुप्ताले ३३७७, भारती खनालले ३३१२ र कृष्णबहादुर सुनारले ३३४८ मतभार पाए ।