Logo
२०८३, कार्तिक ४ गते
images

ताजा अपडेट

Logo २०८३, कार्तिक ४ गते

निर्वाचन आयोगले बोलायो सर्वदलीय बैठक


  • लुम्बिनी चिन्तन
  • पौष २८, २०७८ बुधवार
  • 276
    SHARES

निर्वाचन आयोगले बोलायो सर्वदलीय बैठक

भैरहवा पौष २८

निर्वाचन आयोगले शुक्रबार विहान ११ बजे सर्वदलीय बैठक बोलाएको छ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले स्थानीय तहको निर्वाचनलगायतका विषयमा परामर्श गर्न सर्वदलीय बैठक बोलाएको जानकारी दिए ।

उनका अनुसार सर्वदलीय बैठकमा तीन वटा विषयमा छलफल हुने भएको छ । ‘दलहरुलाई तीनवटा विषयमा छलफल हुन्छ भनेर विषय तोकेर पठाएका छौं, स्थानीय तहको निर्वाचन, राष्ट्रियसभाको निर्वाचन र मतदाता नामावली अद्यावधिकबारे छलफल हुन्छ’ उनले भने ।


लुम्बिनी चिन्तन

थप समाचार