भैरहवा पौष २५
नेकपा एमाले रुपन्देहीको पदाधिकारी सर्बसम्मत भएको छ । सुक्रबार देखी सुरु भएको अधिबेशनमा आईतबार जिल्ला अध्यक्ष पदका दुई दाबेदार मध्ये पुरुषोत्तम घिमिरेले उमेदवारी फिर्ता लिए संगै अध्यक्ष पदमा तेजेन्द्र केशी निवांचित भएका हुन । त्यस्तै उपाध्यक्ष जागेश्वरदेवी चौधरी निर्वाचित भएकी छन् । चौधरी रुपन्देहीको तिलोत्तमा नगरपालिकाको उपप्रमुख समेत हुन् ।
सचिवमा यज्ञ गैरे र खेम प्रसाद लुईटेलले उमेदवारी दर्ता गराएकोमा खेमप्रसाद लुइँटेलले उम्मेदवारी फिर्ता लिए संगै गैरे निर्वाचित भएका हुन ।
उपसचिवद्वयमा हितराज पन्थी र चित्रबहादुर कार्की चयन भएका छन् । कार्की रुपन्देहीको सैनामैना नगरपालिकाका प्रमुख समेत हुन् । अधिवेशनले रूपन्देही जिल्ला कमिटी १५१ सदस्यीय बनाएको छ ।