भैरहवा पुस १९
नेकपा एकीकृत समाजवादीले राष्ट्रियसभा सदस्यको उम्मेदवार टुंग्याएको छ ।
प्रदेश-१ बाट जयन्ती राई (महिला) बागमतीबाट गोमा तिमल्सिना (महिला), लुम्बिनीबाट राजेन्द्रलक्ष्मी गैरे (महिला), कर्णालीबाट उदय बोहोरा (खुला) र सुदूरपश्चिमबाट मदनकुमारी (गरिमा) शाह (महिला) उम्मेद्वार बन्ने भएकी छन् ।