लुम्बिनी ८ पुस
लुम्बिनी प्रदेश सरकारका पर्यटन, ग्रामीण तथा शहरी विकास मन्त्री डिल्ली बहादुर चौधरीले लुम्बिनीको पर्यटन विकासका लागि चासो व्यतm गरेका छन् ।
विहीवार लुम्बिनीस्थित बुद्धग्रामको अवलोकन पश्चात पर्यटन व्यवसायीहरुसंग छलफल गरेका मन्त्री चौधरीले लुम्बिनीलाई देशकै ईन्जिनको रुपमा विकास गर्नु पर्ने बताए । जसका लागि लुम्बिनीका पर्यटन व्यवसायीहरुलाई ठोस कार्ययोजना पेश गर्न आग्रह गरे ।
मन्त्री चौधरीले भने“ लुम्बिनीको पर्यटन विकासलाई दीर्घकालिन बनाउनका लागि तपाईहरु कार्ययोजना तयार गर्नुस, बजेटको व्यवस्था म गर्छु । ” लुम्बिनी होटल संघको आयोजनामा भएको छलफलमा उनले लुम्बिनीमा संचालन गरिएको बुद्धग्राम अन्य विकसित मुलुकमा संचालन गरिएका म्युजियम भन्दा कम नभएको भन्दै प्रशंसा गरे ।
सो अवसरमा संघका अध्यक्ष गोविन्द ज्ञवाली, संघका सल्लाहकार तथा समाजसेवी हेम विष्ट, वरिष्ठ उपाध्यक्ष लिलामणि शर्मा, निवर्तमान अध्यक्ष मिथुनमान श्रेष्ठ, महासचिव पुरुषोतम अर्याल लगायतका पर्यटन व्यवसायीहरुले लुम्बिनीको पर्यटन प्रवद्धनमा प्रदेश सरकारले विषेश ध्यान पुरयाउनु पर्ने सुझाव राखेका थिए । ठुला साना गरी सयको हाराहारीमा संचालनमा रहेका होटल कोरोना कहरका कारण कतिपय बन्द भएका छन् भने बांकी बन्द हुने अवस्थामा रहेकोले संरक्षणमा चासो दिन व्यवसयाीहरुले मन्त्रीको ध्यानाकर्षण गराएका हुन् ।